नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भएको दाबी गरेका छन् ।
कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गर्ने १९ निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।
बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा अहिले दिउँदो पौने ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
‘हामीले प्रतिनिधि नेता साथीहरूलाई उहाँहरूको जिम्मेवारी के हो, जिल्लामा गएर गर्ने के हो, त्यसको बारेमा आज हामीले जानकारीमूलक कार्यक्रम केन्द्रीय कार्यालयमा सम्पन्न गरेका छौं’
कोरिडोरका सडकहरूमा सवारीसाधनको आवागमन पनि व्यवस्थित देखिन्छ । शहरी व्यस्तताका बीच शान्तिको अनुभूति गर्न र फूलहरुसँग तस्वीर खिच्न कोरिडोर क्षेत्र अहिले आकर्षक गन्तव्य बनेको छ ।
२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले घाइतेहरूसँग सम्पर्क गरेर उनीहरुको अवस्थाबारे जानकारी लिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा गरेको मन्त्रालयले जनाएको छ । शुक्रबार घाइते भएका […]