काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

खोटाङ

Auto Added by WPeMatico

unnamed 1
खोटाङ, प्रमुख समाचार (Home)

पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध



News Summary

Generated by OK AI. Editorially reviewed.

  • खोटाङको पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ ।
  • पङ्खुखोलामा निर्माणाधीन पक्की पुल अलपत्र हुँदा श्रमदानबाट बनेको अस्थायी काठे पुल पनि जेठ २२ गतेको बाढीले बगाएको छ ।
  • अविरल वर्षा र बाढीका कारण खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा यात्रुहरू हिँडेरै गन्तव्यमा पुग्न बाध्य भएका छन् ।

२९ जेठ, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ खण्डमा माथिबाट झरेको पहिरोसहितको बाढीले करिब ५० मिटर सडक बगाएपछि तीन दिनदेखि यातायात आवागमन अवरुद्ध भएको हो ।

मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको पङ्खुखोलामा सडकमाथिबाट आएको बाढीले खोलेर ठूलो खाडल बनाएपछि पैदल यात्रुसमेत वारपार गर्न सक्ने अवस्था नभएको स्थानीय बताउँछन् ।

लेदोसहितको बाढीले सडक बन्नुअघि नै क्षति पुर्‍याएपछि अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सडक पुनःसञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ तथा काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने सवारीसाधन र यात्रुलाई समस्या भएको छ ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन मध्यपहाडी लोकमार्ग र सडक विभागका प्राविधिक टोली बिहीबार घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक विष्टले बताए । सडकमाथिबाट लेदोसहित आएको बाढीले बगाएर सडक बन्नुभन्दा अगाडि जस्तो थियो त्यस्तै अवस्थामा पुर्‍याएको उनको भनाइ छ ।

बाढीले खोलेर चट्टानसहितको भीर बनाएकाले निर्माण गर्न ‘ब्रेकर’ले पनि सम्भव नहुने देखिएको स्थानीयले बताएका छन् । ‘ग्याबिन जाली भरेर तलैदेखि निकाल्यो भनेमात्र केही दिनमा सडक बन्न सक्ने सम्भावना छ’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले भने ।

पङ्खुखोलामा विसं २०७३ मा मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने सम्झौतामा उल्लेख भएपनि ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म बन्न नसकेको हो ।

कालोपत्रको काम सम्पन्न भएको लामो समय बितिसक्दा पनि ठेकेदारको लापरबाहीका कारण पक्की पुल निर्माण नहुँदा खोलाबाट यातायातका सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता थियो ।

पङ्खुखोलाको निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदारका कारण अलपत्र बनेपछि श्रमदानमार्फत यही जेठ १७ गते काठको पुल निर्माण गरेर सञ्चालनमा ल्याएको थियो ।

श्रमदान गरेर निर्माण गरिएको काठे पुल यही जेठ २२ गते राति आएको बाढीले बगाएपछि समस्या भएको वडाध्यक्ष कठेतले बताए । अटो तथा मोटरसाइकल वारपार गराउन मिल्नेगरी श्रम संस्कृति पार्टी निकट श्रमदाताले तीन दिन लगाएर काठे पुल निर्माण गरेको थियो ।

यही जेठ २२ गते राति आएको वर्षापछिको बाढीले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । उनका अनुसार ग्रामीण सडकमा यातायात सेवा अवरुद्ध हुँदा यात्रुलाई गन्तव्यमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत बोकेर ल्याएको गाडीमार्फत यातायात सुरु भएको जिल्लामा अहिले सबै ठाउँमा सेवा विस्तार भएको छ । सेवा सुरु भएको लामो समय बितिसक्दा पनि मध्यपहाडी लोकमार्गबाहेक अन्य सबै ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएका छन् ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश ग्रामीण सडक करिब छ महिनामात्रै सञ्चालन हुने अवस्था रहेको वडाध्यक्ष कठेतले जानकारी दिए। हिउँदको समयमा मात्र सञ्चालन हुँदै आएका ग्रामीण सडक हरेक वर्षको जेठदेखि कात्तिक अन्तिमसम्म अवरुद्ध हुने गर्दछन् । रासस





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
खोटाङ, प्रमुख समाचार (Home), भिरबाट लडेर

हराएको खुकुरी खोज्न गएका दुई जनाको भिरबाट लडेर मृत्यु

१९ वैशाख, खोटाङ । खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको भिरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउँसो दुवै जनाको स्थानीय ढकालेखोला भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको बराहपोखरी–५ वडाध्यक्ष फौदराज राईले बताए । शुक्रबार बमबहादुर गोठालो गएका बेला घाँस काट्न […]
unnamed 1
खोटाङ, प्रमुख समाचार (Home), रेबिजविरुद्धको भ्याक्सिन

जिल्ला अस्पतालमा पाइँदैन रेबिजविरुद्धको भ्याक्सिन

प्राय: संघीय सरकारले प्रदेशमा पठाएको खोप नै जिल्ला–जिल्लामा वितरण हुन्छ । दोस्रो प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको रकमबाट औषधि व्यवस्थापन गरेर जिल्ला अस्पतालहरूमा पठाइन्छ ।
unnamed 1
खोटाङ, जयराम-हलेसी सडक, प्रमुख समाचार (Home), मध्यपहाडी लोकमार्ग

मध्यपहाडी लोकमार्ग : जयराम-हलेसी सडक स्तरोन्नतीमा सरकारको चरम बेवास्ता

मध्यपहाडीको अन्य खण्ड मापदण्डअनुसार बनाइँदा जयराम–हलेसी ३५ किलोमिटर खण्डलाई पूरै बेवास्ता गरिएको छ ।
unnamed 1
खोटाङ, भौतिक पूर्वाधार विकास कार्यालय, राष्ट्रिय समाचार

सम्झौता गरेर काम सुरु नगर्ने १९ ठेकेदारसँग स्पष्टीकरण सोधियो

कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गर्ने १९ निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।
unnamed 1
कोशी प्रदेश, खोटाङ, राष्ट्रिय समाचार, हलेसी तुवाचुङ नगरपालिका

अस्पताल भवन अलपत्र पारेको भन्दै हलेसी नगरपालिकाले नियन्त्रणमा लियो ठेकेदारको गाडी  

चैत ८ गतेदेखि ठेकेदारको गाडी, गाडीको चाबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले जानकारी दिइन् ।
unnamed 1
कालोपत्रे, खोटाङ, राष्ट्रिय समाचार

खोटाङको आहालेदेखि पञ्चमीबजार जोड्ने सडक कालोपत्रे हुने

५ चैत, खोटाङ । खोटाङको खानीडाँडा विमानस्थलदेखि याम्खा–याङसोलाटार हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्रे हुने भएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय खोटाङमार्फत सडक कालोपत्रेको काम सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा विमानस्थलभन्दा केहीमुनि पर्ने आहालेदेखि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको रातमाटा–दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कार्यालय हुँदै दिप्रुङ […]
unnamed 1
खोटाङ, मेन स्टोरी, हावाहुरी

हलेसी तुवाचुङमा हावाले ५२ घरको छाना उडायो, नगरपालिकाले बनाइदिने

५ चैत, खोटाङ  । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरी पीडितहरुलाई राहत स्वरुप जस्ता पाता वितरण गर्ने भएको छ । हावाले घरको छानामा पूर्ण रुपमा क्षति पुर्‍याएका परिवारलाई जस्ता पाता प्रदान गर्ने तयारी नगरपालिकाले गरेको हो । २ चैतको साँझ आएको हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पुर्‍याएको नगरपालिकाको तथ्यांक छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका […]
unnamed 1
खोटाङ, दिखुवा पुल, प्रमुख समाचार (Home)

खोटाङको दिखुवा खोला पुल बनाउन ढिलासुस्ती, निर्माण व्यवसायीलाई सोधियो स्पष्टीकरण

हालसम्म मोटरेबल पुलको एकातर्फको फाउण्डेसन खन्ने कार्य समेत सम्पन्न हुन नसकेको र बाँकी समयमा सम्झौता बमोजिम काम सम्पन्न हुने आधार नदेखिएकाले स्पष्टीकरणका लागि पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर बिनम दाहालले बताए ।
unnamed 1
खोटाङ, प्रमुख समाचार (Home), रास्वपा

खोटाङमा रास्वपाका उम्मेदवारको जमानत जफल

२५ फागुन, खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ उम्मेदवारमध्ये ११ उम्मेदवारको जमानत जफत भएको छ । देशभर दुई तिहाइको हाराहारीमा मत पाएको रास्वपासमेत खोटाङमा जमानत जोगाउन असफल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङ, जनता […]
Scroll to Top