बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षमा शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले ११ बुँदे निर्णय गरेको छ ।
११ वैशाख, काठमाडौं । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा. लेखकलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । साथै, उनलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिए ।
११ वैशाख, काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी […]
११ वैशाख, काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् । संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले आफूले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने बताएका छन् ।
पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एक विज्ञप्ति जारी गर्दै सुकुमवासीसमस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग गाँसिएको उल्लेख गरेका छन् ।
११ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घट्ने क्रम थामिएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंक बढेर बन्द भएको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा कायम भएको छ । अघिल्ला चार कारोबार दिन लगातार बजार घटेको थियो । आज कारोबार रकम सामान्य बढेको छ । […]