काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

पोखरा बसपार्क

Auto Added by WPeMatico

unnamed 1
पोखरा बसपार्क, राष्ट्रिय समाचार

पोखरा बसपार्कको जग्गा किनबेचको छानबिन गर्न पूर्वन्यायाधीश बरालको नेतृत्वमा समिति गठन



News Summary

Generated by OK AI. Editorially reviewed.

  • पोखरा उपत्यका नगर विकास समितिले बसपार्कको जग्गा विवाद छानबिन गर्न पूर्व न्यायाधीश शंकरराज बरालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
  • वि.सं. २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको १९६ रोपनी जग्गाको मुआब्जा र सट्टापट्टामा अनियमितता भएको गुनासोपछि यो समिति गठन गरिएको हो ।
  • नवगठित समितिलाई विगत ५१ वर्षमा भएका निर्णय र कागजात अध्ययन गरी प्रतिवेदन बुझाउन १५ कार्यदिनको समय दिइएको छ ।

१२ जेठ, पोखरा । पोखरा बसपार्क निर्माणका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका विवाद र गुनासोको सत्यतथ्य छानबिन गर्न पोखरा उपत्यका नगर विकास समितिले तीन सदस्यीय न्यायिक अध्ययन समिति गठन गरेको छ ।

समितिका अध्यक्षमा पूर्व न्यायाधीश शंकरराज बराल रहेका छन् । सदस्यमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी तथा सदस्य सचिवमा पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी छन् ।

मंगलबार बसेको कार्यपालिका बैठकले जग्गा पहिचान र छानबिन समिति गठन गरेको हो ।

पोखरा महानगरपालिका–९ स्थित बसपार्क निर्माणका लागि वि.सं. २०३० सालमा अधिग्रहण गरिएको १९६ रोपनी जग्गामध्ये राजमार्ग विस्तारका क्रममा करिब ९ रोपनी जग्गा प्रयोग भएपछि बाँकी रहेको १८७ रोपनी जग्गाको व्यवस्थापनसँग सम्बन्धित विषयमा विभिन्न प्रश्न उठ्दै आएका छन् ।

विशेषगरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएको तथा सट्टापट्टा र बिक्री प्रक्रियामा अनियमितता भएको भन्ने गुनासा सार्वजनिक भएपछि छानबिन समिति गठन गरिएको जनाइएको छ ।

समितिलाई पछिल्लो ५१ वर्षमा विभिन्न चरणमा भएका निर्णय, जग्गा सट्टापट्टा, क्षतिपूर्ति वितरण तथा सम्बन्धित कागजातहरूको अध्ययन, विश्लेषण र सत्यतथ्य परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई प्रतिवेदन बुझाउन १५ कार्यदिनको समय तोकिएको छ ।

साथै, लामो समयदेखि विवाद र चर्चाको विषय बन्दै आएको बसपार्कलाई अब व्यवस्थित, आधुनिक र सुविधा सम्पन्न पूर्वाधारका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।

समितिले निष्पक्ष र तथ्यमा आधारित प्रतिवेदन प्रस्तुत गरी आधा शताब्दीदेखि विवादित बनेको बसपार्क जग्गा प्रकरणको न्यायिक निरुपणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
अतिक्रमण, पोखरा बसपार्क, राष्ट्रिय समाचार, सुकुमवासी

पोखरा बसपार्कको अतिक्रमण खाली गराउने तयारी, सुकुमवासीलाई तीन दिनको समय

महानगरले एक जरुरी सूचना जारी गर्दै यसअघि निस्सा पाएका भूमिहिन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जेठ ८ गतेसम्म वडा नम्बर ९ को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको छ ।
unnamed 1
धनराज आचार्य, पोखरा बसपार्क, पोखरा महानगरपालिका, फिर्के खोला, राष्ट्रिय समाचार

फिर्के खोला र बसपार्क क्षेत्रका संरचना हटाउन सर्वपक्षीय साथ खोज्दै पोखरा महानगर

पोखरालाई व्यवस्थित बनाउन यसअघि चालेका धेरै कदममा असफल भएका मेयर धनराज आचार्य फिर्के खोला र पोखरा बसपार्कका संरचना हटाएर व्यवस्थित बनाउन सर्वपक्षीय साथ खोजिरहेका छन् ।
Scroll to Top