चारपटक प्रधानमन्त्री, सात पटक सांसद, तीनपटक पार्टीको अध्यक्ष बनेका केपी शर्मा ओलीलाई एमालेको गढ झापामै उत्रेर बालेन शाहले पराजित गरेका छन् । बालेनको यो विजयले अब उनको प्रधानमन्त्रीको यात्रा निश्चित गरेको छ ।
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा निर्वाचित बालेन्द्र शाह (बालेन) ले मतदातालाई धन्यवाद दिएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै बालेनले आफ्ना समर्थक र मतदातासमक्ष पुगेर धन्यवाद दिएका हुन् । केहीबेर अघि सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष […]
२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ […]
२३ फागुन, काठमाडौं । डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् । जोशीले १९ हजार १३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मानसिंह मालले ६ हजार ८३४ मत […]
२३ फागुन, बारा । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश धिमाल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकमा शम्भुबहादुर बुढाथोकीलाई २५ हजार ७७५ मतान्तरले पराजित गरेका छन् । बुढाथोकीले १४ हजार २२३ मत ल्याउँदा तेस्रोमा रहेका एमालेकमा अच्युतप्रसाद मैनालीले ११ हजार ६४५ मत पाएका छन् । नेकपाका उम्मेदवार सन्तोष दंगालले […]
२३ फागुन, काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार ध्रुवबहादुर शाहीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । खड्का २६ हजार ८९७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार ८९० मत पाएका छन् । सुर्खेत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी […]