काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

वर्षमान पुन

Auto Added by WPeMatico

unnamed 1
नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय समाचार, वर्षमान पुन

संघीयता र समावेशीताबाट रास्वपा पछि हट्न सक्ने पुनको आशंका



२ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले संघीयता, समावेशीता र समुदायगत भाषा, संस्कृतिजस्ता अधिकारबाट वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दल पछि हट्न सक्ने आशंका गरेका छन् ।

मगर समुदायको भुमे पर्वका अवसरमा दाङको देउखुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले संविधान संशोधनका नममा जनताले उपभोग गरिसकेका अधिकार खोस्ने प्रयास भए स्वीकार्य हुन नसक्ने बताए ।

संविधान सशोधनको नाममा नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त राजीतिक उपलब्धी खोस्न खोजिए अस्वीकार्य हुने चेतावनी दिएका हुन् ।

२०७२ सालमा संविधान जारी हुनुअघि उठेका र सम्बोधन नभएका जनताका एजेण्डा संविधानमा थप्न सकिने तर, पाइसकेको अधिकार खोस्ने प्रयास किमार्थ स्वीकार गर्न नसकिने उनको आग्रह छ ।

उनले २०५२ सालमा सुरु भएको जनयुद्धले राज्यबाट उत्पीडनमा परेका समुदायलाई माथि उठाएको र समाजमा जागरण ल्याएको भन्दै उनले प्राप्त अधिकार रक्षाको जिम्मेवारी पनि आफूहरूको भएको बताए ।

सरकारले नै बहसपत्र बनाउने भनेर कार्यदल गठन गरेपछि संविधान संशोधनको बहस चलिरहेको छ । यस्तो बेला जनताले पाएका अधिकारबाट राज्य पछि हट्न नहुने उनको खबरदारी छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
प्रमुख समाचार (Home), वर्षमान पुन

वर्षमानको टिप्पणी– प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया हतारोमा भयो

६ जेठ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले  प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता हतारो गरेको टिप्पणी गरेका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाए । विगतमा […]
unnamed 1
डा. मनोज कुमार शर्मा, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय समाचार, वर्षमान पुन, संसदीय सुनुवाइ समिति

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको माग

५ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा शर्माउपर परेका उजुरी र उनका कार्ययोजना अध्ययन गर्न समय माग्दै पुनले सुनवाइ एक दिन पछि सार्न उपयुक्त हुने धारणा राखेका हुन् । शर्माको […]
unnamed 1
राष्ट्रिय समाचार, वर्षमान पुन

प्रचण्ड सरकारको कार्यक्रम ल्याएको भन्दै वर्षमानले दिए सरकारलाई धन्यवाद

अहिले अर्थमन्त्री वाग्लेले बजेटको सिद्धान्त र प्राथमिकतामा फेरि यी महत्त्वपूर्ण विषयहरूलाई अघि बढाएकोमा उनले धन्यवाद दिए ।
unnamed 1
राष्ट्रिय समाचार, वर्षमान पुन

१० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना महत्वाकांक्षी : पूर्वअर्थमन्त्री पुन

बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा धारणा राख्दै उनले लक्ष्य निर्धारण गरिनु राम्रो भए पनि श्रोतको सीमितताका कारण त्यो सम्भव नरहेको बताएका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, वर्षमान पुन

१० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना महत्वाकांक्षी : पूर्वअर्थमन्त्री पुन

बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा धारणा राख्दै उनले लक्ष्य निर्धारण गरिनु राम्रो भए पनि श्रोतको सीमितताका कारण त्यो सम्भव नरहेको बताएका हुन् ।
unnamed 1
नेकपा, प्रमुख समाचार (Home), वर्षमान पुन

प्रधानमन्त्री संसद्को नेता हो : वर्षमान पुन

३१ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहेको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण गराएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री हुने बताए । संसद्लाई मर्यादित […]
unnamed 1
प्रमुख समाचार (Home), वर्षमान पुन

रास्वपाको सय बुँदे कार्ययोजना र नीति तथा कार्यक्रम मेल खाँदैन : वर्षमान पुन

३१ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशङ्का […]
unnamed 1
प्रमुख समाचार (Home), वर्षमान पुन

पत्रकारलाई संसदीय रिर्पोटिङमा निषेध नगर्न वर्षमान पुनको आग्रह

२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले मिनी पार्लियामेन्टका रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मिडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताए । लोकतन्त्रमा सुशासन, जवाफदेहीता र पारदर्शीता सँगसँगै अगाडि जानुपर्ने उनको भनाइ थियो । […]
unnamed 1
मेन स्टोरी, वर्षमान पुन

०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन

२८ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले कालोधनलाई वैध बनाउने गतिविधि आपराधिक भएको टिप्पणी गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कालोधनलाई सेतो बनाउने कार्यलाई रोक्नु सरकारको नियमित दायित्व भएको जिकिर गरे । ‘म आफैँ अर्थमन्त्री हुँदा कानून बनाएको हो, कालोधनलाई वैध बनाउन पाइँदैन, मनी […]
Scroll to Top