‘सहरहरू सुन्दर होलान्, बाटाहरू फराकिला होलान्, पार्क बन्लान्, कुकूरहरू डुल्लान् । तर मान्छे रुनुपर्यो भने ? हामीले खोजेको विकास मोडल त्यो हो जस्तो मलाई लाग्दैन,’ उनले भने ।
गृह र संघीय मामिला मन्त्रालयले लगत संकलनमा देखाएको तादरूकतालाई सरोकारवालाहरूले सकारात्मक रुपमा लिएका छन् । यसबाट ढुक्क हुने अवस्था भने बनी नसकेको संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका अध्यक्ष कुमार कार्की बताउँछन् ।
काठमाडौं आएको इतिहास सुनाउँदै गर्दा त्यहिँबाट नेपाल प्रहरीको १५/२० जना टोली गयो । उनीहरू सबै गइसकेपछि कृष्णले सुस्तरी भने, ‘उनीहरू मानो पचाएर गए । हामी भने बिचल्लीमा पर्यौं ।’
१८ वैशाख, काठमाडौं । आज खाली गरिएको बल्खुस्थित सुकुमवासी बस्ती नजिकैको बागमती नदीमा फेला परेको शव नदीमा बग्दै गरेको अवस्थामा भटिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रेस नोटअनुसार दिउँसो साढे ३ बजे बागमती नदीमा बग्दै गरेको अवस्थामा एक पुरुषको शव भेटिएको हो । नदीमा मृत भेटिएका व्यक्ति खोटाङको सरल गाउँपालिका–५ घर भइ बल्खुस्थित […]