१७ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा भत्काइएको सुकुमवासी बस्तीका पीडितहरूसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिएका छन् । भेटका क्रममा विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे गुनासो पोखे । सो क्रममा डा. भट्टराईसहितको टोलीले पीडितहरूलाई सहानुभूति प्रकट गर्दै उनीहरूको समस्या समाधानका लागि पहल […]
१७ वैशाख, काठमाडौं । अखिल नेपाल सुकुमवासी संघले विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले विभिन्न सुकुमवासी बस्तीहरूमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको हो । पहिलो चरणमा भूमिहीन दलित, सुकुमवासी र […]
बालेन सरकारले तय गरेको १०० कार्यसूची मध्ये ९१औं बुँदामा भूमिहीन सुकुम्वासीको एकीकृत लगत संकलन तथा प्रमाणीकरण ६० दिनमा गर्ने र तीन वर्षमा यस विषयलाई पूर्ण रूपमा समाधान गर्ने भनिएको छ । तर, सरकार एकैपटक सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रण गर्न अवैध कब्जा हटाउने ९२औं बुँदामा पुग्यो ।
सेनाले विभिन्न पालिका, त्यस क्षेत्रका सुकुमवासी बस्ती, त्यहाँका परिवार र संख्यात्मक विवरण माग गरेको छ । त्यसो त काठमाडौंकै सुकुमवासी बस्तीमा डोजर चल्दासमेत ‘ब्याक–अप’मा सेनाको ‘मुभमेन्ट’ देखिएको थियो ।