काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

घरदैलोमै सामाजिक सुरक्षा भत्ता : बैंक धाउनुपर्ने बाध्यता हट्यो
घरदैलो, प्रमुख समाचार (Home), सामाजिक सुरक्षा भत्ता

घरदैलोमै सामाजिक सुरक्षा भत्ता : बैंक धाउनुपर्ने बाध्यता हट्यो

१२ वैशाख, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको हो […]
लमजुङमा सबैभन्दा धेरै वर्षा, काभ्रेमा भारी
प्रमुख समाचार (Home), वर्षा

लमजुङमा सबैभन्दा धेरै वर्षा, काभ्रेमा भारी

१२ वैशाख, काठमाडौं । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ । प्राप्त विवरणमा सबैभन्दा बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४.६ […]
इलाममा ३२ वर्षीय पुरुष मृत फेला
इलाम, प्रमुख समाचार (Home)

इलाममा ३२ वर्षीय पुरुष मृत फेला

१२ वैशाख, इलाम । इलाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । माईजोगमाई गाउँपालिका–२ खोल्मे बस्ने ३२ वर्षीय प्रेम बहादुर खड्का मृत अवस्थामा फेला परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सोही ठाउँस्थित चियाबारीमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चन्द्रनहर आसपासको जग्गा खाली गर्न सुकुमवासी पहिचान गरिने
चन्द्रनहर, प्रमुख समाचार (Home), सुकुमवासी पहिचान

चन्द्रनहर आसपासको जग्गा खाली गर्न सुकुमवासी पहिचान गरिने

सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित चन्द्र नहरको हेडबाँधमा सरोकारवालाहरूको  बैठक बसेर अतिक्रमित जग्गा खाली गराउने तयारीबारे छलफल भएको हो ।
धनुषामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, एक घाइते
प्रमुख समाचार (Home), सडक दुर्घटना

धनुषामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएकोमा चिकित्सकले  मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
पाल्पामा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु
पाल्पा, प्रमुख समाचार (Home)

पाल्पामा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

१२ वैशाख, पाल्पा । पाल्पामा एक जना पुरुषको डुबेर मृत्यु भएको छ । रामपुर नगरपालिका–३ कीर्तिपुरस्थित निस्दि खोलामा पौडी खेल्ने क्रममा सोही नगरपालिका–१ बैदा बस्ने ३९ वर्षीय खिम बहादुर खाण्डको मृत्यु भएको हो । केन्द्रीय समाचार कक्षका अनुसार, उनको शनिबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सुर्खेतमा २ थान भरूवा बन्दुक बरामद
प्रमुख समाचार (Home), भरूवा बन्दुक

सुर्खेतमा २ थान भरूवा बन्दुक बरामद

१२ वैशाख, सुर्खेत । सुर्खेतमा दुई थान भरूवा बन्दुक बरामद भएको छ । बराहताल गाउँपालिका–१ ज्यामिरे खोलाबाट भरूवा बन्दुक २ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धमाधम बस्ती छाड्दै मनोहराका सुकुमवासी
प्रमुख समाचार (Home), सुकुमवासी

धमाधम बस्ती छाड्दै मनोहराका सुकुमवासी

१२ वैशाख, भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन् । सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा खोला किनाराका सुकुमवासीले बस्ती छाडेका हुन् । सरकारको सुकुमवासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७७७ परिवारले बस्ती छाड्न थालेका हुन् । जिल्ला […]
भारत-दक्षिण कोरिया रक्षा साझेदारीप्रति बेइजिङको चिन्ता
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), बेइजिङ, भारत-दक्षिण कोरिया, रक्षा साझेदारी

भारत-दक्षिण कोरिया रक्षा साझेदारीप्रति बेइजिङको चिन्ता

भारतको रक्षा आत्मनिर्भरता बढ्नु र दक्षिण कोरियाजस्तो प्रविधिमा अब्बल देशले भारतलाई साथ दिनुले क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ आयाम थप्ने देखिएकाले चीनले यसलाई संशयपूर्ण नजरले हेर्नु स्वाभाविक मानिएको छ ।
हिरासतमा युवकको मृत्युबारे छानबिन माग्दै काठमाडौंमा प्रदर्शन
प्रमुख समाचार (Home), हिरासत

हिरासतमा युवकको मृत्युबारे छानबिन माग्दै काठमाडौंमा प्रदर्शन

१२ वैशाख, काठमाडौं । सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनसहित […]
Scroll to Top