काभ्रेपलाञ्चोक
+977-9863403002
२३ श्रावण २०८३ शनिबार

इलाम

Auto Added by WPeMatico

unnamed 1
इलाम, कोशी प्रदेश, पहिरो, प्रमुख समाचार (Home), मेची राजमार्ग

पहिरोले मेची राजमार्ग अवरुद्ध

Photo Credit : RSS



२९ असार, इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ । यातायात अवरुद्ध भएसँगै बिरामी, यात्रु र मालबाहक ढुवानीसमेत प्रभावित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा पुरानै पहिरो थप धस्सिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन ।

‘गोदक–जोगमाई–तिल्केनी सडकमा रहेको डाइभर्सनमाथिबाट बाढी बगेपछि यो वैकल्पिक मार्ग पनि बन्द भएको छ’, उनले भने, ‘केचना–कञ्चनजङ्घा मार्गअन्तर्गत पुवाखोलाको डाइभर्सन डुबानमा परेपछि उक्त सडकबाट यातायात सञ्चालन हुन सकेको छैन ।’

डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको काम भइरहे पनि लगातारको वर्षाले काम प्रभावित भएको बताए । जोगमाई र पुवाखोलामा बेलीब्रिज जडानको तयारी रहे पनि भारतबाट सामग्री र प्राविधिक आउने मिति अझै निश्चित नभएकाले तत्काल समाधान हुने अवस्था नरहेको उनको भनाइ छ ।

यातायात अवरुद्ध भएपछि इलाममा मालवाहक सवारीसाधन प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)का अनुसार व्यवसायीले साना सवारीमा सामान ओसारेर दैनिक आवश्यकताको जोहो गरिरहेका थिए, तर वैकल्पिक मार्गसमेत बन्द भएपछि इन्धन र खाद्यान्नको अभाव हुन सक्ने जोखिम बढेको छ ।

मेची क्षेत्रको मुख्य जीवनरेखा मानिने मेची राजमार्गको राजदुवाली खण्ड विगत तीन वर्षदेखि बर्खायाममा निरन्तर पहिरोको उच्च जोखिममा पर्दै आएको छ । करिब आधा किलोमिटर सडक बारम्बार धस्सिने समस्याले यस वर्ष पनि यातायात सञ्चालनमा गम्भीर असर पुर्याएको छ । पुवाखोला र कोल्बुङ क्षेत्रमा समेत पहिरोको जोखिम कायम रहेकाले थप वर्षा भए आवागमन अझ प्रभावित हुन सक्ने स्थानीयको भनाइ छ ।

सडकको दुःखले यातायात व्यवसायी पीरमा छन् । ‘हरेक दिन सडक खुल्छ कि भन्ने आशामा निस्कन्छौँ । तर पानी परेपछि फेरि सबै बन्द हुन्छ’, इलाम नगरपालिका–७ का सवारी चालक निङ्मा शेर्पाले भने, ‘गाडीको किस्ता, इन्धन र घरखर्च धान्नै गाह्रो भएको छ ।’




लेखक

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
इलाम, प्रमुख समाचार (Home)

इलामको सन्दकपुर पर्यटन क्षेत्रमा भेटियो बेवारिसे मानव कंकाल

२४ वैशाख, इलाम । इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा मानव कंकाल फेला परेको छ । सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित छिन्तापुदेखि केही तल तालपोखरी जंगलमा बुधबार गाईगोरू चराउन जानेहरूले सो शव देखेका थिए । उनीहरूले गरेको खबरका आधारमा बिहीबार सो स्थानमा प्रहरीसहितको टोली पुगेको थियो । घटनास्थलमा पुगेका यातायात व्यवसायी पप्पु शिवाले शवको टाउको र खुट्टामा मात्र मासुको […]
unnamed 1
इलाम, प्रमुख समाचार (Home)

इलाममा गर्भवती गाईको हत्या, अनुसन्धान माग

साउन महिनामा ब्याउने गाईलाई निर्ममतापूर्वक हत्या गरिएको भन्दै दीपेशले भने, ‘यो जघन्य अपराधलाई राज्यले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरोस् ।’
unnamed 1
इतिहास, इलाम, इलामको इतिहास, प्रमुख समाचार (Home), साहित्यिक गतिविधि

इतिहास किन जान्ने ?

दुई दिन चलेको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । कविता, पर्यटन, आख्यान लगायतका विभिन्न विषयमा छलफल, रचनापाठ, सम्मान, पुरस्कार वितरण गर्दै महोत्सव सकिएको हो ।
unnamed 1
इलाम, प्रमुख समाचार (Home)

इलाममा ३२ वर्षीय पुरुष मृत फेला

१२ वैशाख, इलाम । इलाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । माईजोगमाई गाउँपालिका–२ खोल्मे बस्ने ३२ वर्षीय प्रेम बहादुर खड्का मृत अवस्थामा फेला परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सोही ठाउँस्थित चियाबारीमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
unnamed 1
इलाम, पहिरो, राष्ट्रिय समाचार

पहिरोले थङथिलो इलाम : पीडितले पाएनन् राहत

सरकारले पूर्ण क्षति बेहोरेका परिवारलाई पुनर्निर्माण प्राधिकरणबाट घर बनाइदिने घोषणा गरेको थियो । तर अहिलेसम्म पीडितले पुनर्निर्माणको काम सुरु गर्न राज्यले दिने भनेको रकम पाएका छैनन् ।
unnamed 1
इलाम, प्रमुख समाचार (Home), मेची राजमार्ग

इलामको बागखोरमा पहिरोले ट्रक पुरियो, मेची राजमार्ग अवरुद्ध

१६ चैत, सुरुङ्गा (झापा) । पहिरो पन्छाएर सोमबार रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहानदेखि पुनः पहिरो खसेसँगै अबरुद्ध भएको छ । यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका […]
unnamed 1
इलाम, कोसेली, पर्यटन, बिजनेस, राष्ट्रिय समाचार, व्यापार

पर्यटकलाई कोसेली अकबरेदेखि छुर्पीसम्म

कोसेलीका रूपमा ललिपप, छुर्पी, बम्बइसन, चिया, अकबरेलगायत स्थानीय उत्पादन लिएर मात्र पर्यटनकहरू फर्किने गरेका छन् ।
unnamed 1
अन्तर्वार्ता, इलाम, इलाम १, निर्वाचन, निस्कल राई, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष

इलाममा निस्कल राईको इलम गर्ने सपना

अनुभवी स्थानीय जनप्रतिनिधिसँग प्रतिस्पर्धामा उत्रिएका इलाम-१ का कांग्रेस उम्मेदवार निस्कल राईलाई उनीहरूबीच आफूलाई प्रमाणित गर्नुपर्ने दबाब छ ।

Scroll to Top