खार्ग टापु पहिले पनि धेरै पटक रणनीतिक चर्चाको विषय बनेको छ। सन् १९७९ को इरान बन्धक संकटको समयमा अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई यो टापु कब्जा गर्न सल्लाह दिइएको थियो, तर उनले त्यसो गरेनन्।
२६ फागुन, काठमाडौं । कतार सरकारले इरानी आक्रमणबाट हुने सम्भावित खतरा तत्कालका लागि टरेको जनाएको छ । यसअघि कतारी अधिकारीहरूले मोबाइलमा अलर्ट पठाउँदै देशमा सुरक्षा खतरा रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको थियो । अलजजिराका अनुसार, सरकारले पठाएको पछिल्लो सूचनामा ‘सुरक्षा खतरा समाप्त भएको छ र अवस्था सामान्यमा फर्किएको छ’ भनिएको छ। कतारको विदेश मन्त्रालयका […]
२६ फागुन, काठमाडौं । कतारको रक्षा मन्त्रालयले देशलाई लक्षित गरी गरिएको क्षेप्यास्त्र आक्रमणलाई आफ्ना सशस्त्र बलले आकासमै नष्ट गरेको दाबी गरेको छ । राजधानी दोहाको आकाशमा पटक-पटक विस्फोटका आवाज सुनिनुका साथै उच्च खतराको चेतावनी जारी गरिएपछि यो घटना भएको हो। यसअघि कतारले उच्च खतरा स्तरको चेतावनी जारी गर्दै देशवासीहरूलाई ‘घरभित्रै बस्न’ आग्रह गरेको छ। कतारले […]
२६ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि […]
काठमाडौं । इरानमा युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाको अभियान चाँडै सकिन सक्ने तर यो हप्ता नै समाप्त नहुने बताएका छन् । ट्रम्पले भनेका छन्, ‘इरानसँग जे–जे थियो, लगभग सबै समाप्त भइसकेको छ, यहाँसम्म कि उनीहरूको नेतृत्व पनि कमजोर भइसकेको छ ।’ फेब्रुअरी महिनाको अन्त्यतिर अमेरिका र इजरायलले इरानमा संयुक्त […]
२५ फागुन, काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण निम्तिएको बढ्दो ऊर्जा संकटका बीच बिजुली र इन्धन बचत गर्नका लागि बंगलादेशले सोमबारदेखि सबै विश्वविद्यालयहरू बन्द गर्ने भएको छ। योसँगै त्यहाँ इद-उल-फित्रको बिदा पनि अगाडि सारिएको छ। सार्वजनिक र निजी दुवै क्षेत्रका विश्वविद्यालयहरूमा लागु हुने गरी अधिकारीहरूले यो निर्णय गरेका हुन्। यस कदमले बिजुलीको खपत घटाउनुका साथै […]
इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको देशकै सबैभन्दा ठूलो फोहोर डम्पिङ स्थलमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले सोमबार जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको बताएका छन् । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार आइतबार दिउँसो करिब २ः३० बजे जकार्ताबाट करिब २५ […]
काठमाडौं । सीआईएले इरानमा जनविद्रोह भड्काउने उद्देश्यले कुर्दिस लडाकुहरूलाई हतियार उपलब्ध गराउने तयारी गरिरहेको सीएनएनले दाबी गरेको छ । ट्रम्प प्रशासनले इरानी विपक्षी समूह र इराकका कुर्दिस नेताहरूलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा उनीहरूसँग सक्रिय छलफल गरिरहेको सीएनएन दाबी छ । इरानी कुर्दिस सशस्त्र समूहका हजारौं लडाकुहरू इराक-इरान सीमा क्षेत्रमा, विशेष गरी इराकको कुर्दिस्तान क्षेत्रमा […]
२४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि कडा टिप्पणी गर्दै बेलायतलाई अब अमेरिकाको युद्धमा विमानवाहक जहाज पठाउन आवश्यक नरहेको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले बेलायतले मध्यपूर्वमा आफ्ना दुईवटा विमानवाहक जहाज पठाउने सोच बनाइरहेको भन्दै व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन् , “हामीलाई अब ती […]