प्रमुख समाचार (Home), मतगणना
२१ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मतगणना भोलिमात्र हुने भएको छ । काभ्रे १ र २ को केही स्थानको मतपेटिका आउन समय लाग्ने भएकाले शुक्रबार बिहानदेखि मात्रै गणना हुने प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । काभ्रे-२ मा शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । भुम्लु र बेथानचोकका केही मतपेटिका आउन बाँकी […]
काठमाडौं-५, विशेष
काठमाडौं-५ मा सर्वदलीय बैठक सकियो, केहीबेरमा गणना
२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना पौने १२ बजेदेखि सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले ११:४५ देखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । ‘हामीले अब ११:४५ देखि मतगणना सुरु गरिहाल्छौं, भर्खरै सर्वदलीय बैठक सक्यौं,’ काठमाडौं-५ कि निर्वाचन अधिकृत श्रद्धा रिजालले अनलाइनखबरसँग भनिन् । यो क्षेत्रमा नेकपा एमालेका […]
निर्वाचन, मेन स्टोरी, विदेश
नेपालमा निर्वाचन सम्पन्नपछि विभिन्न देशले दिए बधाई, कसले के भने ?
नेपालमा आज सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात विभिन्न देशले बधाई दिन थालेको छ । अहिलेसम्म नेपाललाई भारत, चीन, अमेरिका, स्विजरल्यान्ड, इजरालय लगायतका देशले बधाई दिइसकेको छ । निर्वाचन सम्पन्न भएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवाले एक प्रेस नोट जारी गर्दै पछिल्लो असाधारण परिस्थितिबीच पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकामा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता […]
चितवन २, विशेष
चितवन-२ मा राति साढे १२ बजेदेखि मतगणना
२१ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणना आजै रातिदेखि हुने भएको छ । राति साढे १२ बजेदेखि मतगणना गर्ने निर्णय सर्वदलीय बैठकले गरेको हो । चितवन-२ रास्वपा सभापति रवि लामिछाने उम्मेदवार भएको क्षेत्र हो । यहाँ नेपाली कांग्रेसबाट मीना खरेल उम्मेदवार छिन् भने एमालेबाट अस्मिन घिमिरे उम्मेदवार छन् ।
कृष्ण खनाल, चुनाव २०८२, निर्वाचन, विशेष
‘चुनावले संवैधानिक प्रणालीलाई पुनः सही बाटोमा ल्यायो’
बालेन्द्र शाहको जुन किसिमको सामाजिक सञ्जालको पोस्ट आउँथ्यो, त्यसले त प्रधानमन्त्री पदमा उहाँलाई तीन महिना टिक्न पनि गाह्रो हुन्छ।
केपी शर्मा ओली, झापा ५, नेकपा एमाले, बालेन, राष्ट्रिय स्वतन्त्र पार्टी, विशेष
यो चुनावको इपिसेन्टर झापा-५ मा दिनभर जे देखियो
सुरक्षा आशंका र भएकाबीच मतदान सम्पन्न भएकोमा सबै उत्साहित देखिन्थे । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी सुरक्षाको लागि तैनाथ थिए ।
काठमाडौं-३, विशेष
काठमाडौं-३ को मतगणना सुरु
२१ फागुन, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका-१ बाट मतगणना सुरु भएको छ । मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार पहिलो मतपेटिका कागेश्वरी वडा नम्बर १ बाट गणना सुरु गरिएको छ । मतपेटिकाहरू रुजु भएपछि अहिले केहीबेरबाट मतगणना सुरु भएको हो । यो क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, एमालेका […]
काठमाडौं ४, प्रमुख समाचार (Home), मतगणना
काठमाडौं-४ को मतगणना साढे ११ बजेदेखि
२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान सम्पन्न भएको थियो । क्षेत्र नम्बर ४ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन भइसकेको छ । केहीबेरपछि सर्वदलीय बैठक बसेर गणनासम्बन्धी निर्णय लिइने बूढानीलकण्ठ नगरपालिका […]
कर्णाली प्रदेश, कर्णालीवासी, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार
कर्णालीवासी भन्छन्- सुधार होस्, विगत नदोहोरियोस्
‘म त राणा शासनकालको मान्छे हुँ । पहिलेको भन्दा अहिले धेरै राम्रो भएको छ । अझ राम्रो होस् भनेर भोट हाल्न आएँ’, उनले भनिन् ।
काठमाडौं-३, मतगणना, राष्ट्रिय समाचार
काठमाडौं-३ को मतगणना केहीबेरमा
२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढाउने निर्णय भएको हो । काठमाडौं क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएकाले अब केहीबेरमै गणना थाल्ने तयारी निर्वाचन कार्यालयले गरेको छ ।

