प्रमुख समाचार (Home), बागलुङ, रास्वपा
२३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर-१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्का फराकिलो मतान्तरसहित अग्रता कायमै रहेको छ । हालसम्म गणना गरिएको जम्मा ३५ हजार ७२७ मतमा रास्वपाका खड्काले कांग्रेसका भीम श्रीसलाई ७ हजार ४२ मतले पछाडि पारेका छन् । खड्काले १५ हजार २११ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका श्रीसले […]
रवि लामिछाने, विशेष
चितवन- २ मा तेस्रो पटक रवि लामिछाने विजयी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।
मतगणना, विशेष
मतगणनाको ताजा नतिजा के छ ?
२३ फागुन, काठमाडौं । देशभरका १३५ निर्वाचन अधिकृतहरु कार्यालयहरुमा मतगणना चलिरहेको छ । २७ ठाँउको नतिजा सार्वजनिक भइसकेको छ भने ३ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन । प्रत्यक्षतर्फ मतगणना सकिएको ठाउँमा समानूपातिकको गणना चलिरहेको छ । ताजा नतिजा अनुसार निम्नअनुसार छ – झापा– ५ मा रास्वपा उम्मेदवार बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले […]
नेकपा एमाले, प्रमुख समाचार (Home), मत परिणाम, श्रम संस्कृति पार्टी
धनकुटा-१ मा राजेन्द्र राईको अग्रता, पछ्याउँदै श्रम संस्कृतिका सानबहादुर
२३ फागुन, काठमाडौं । धनकुटा-१ मा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता लिएका छन् । उनले ८ हजार ७६१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राई ६ हजार ८७४ मतसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दिनेश राईले ५ हजार १०१ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र […]
खगेन्द्र सुनार, विशेष
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् ।
रास्वपा, विशेष
महोत्तरी-१ : रास्वपाका प्रमोदकुमार निर्वाचित
महोत्तरी १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो निर्वाचित भएका छन् ।
मन्त्री महावीर पुन, राष्ट्रिय समाचार
करिब ४ हजार मत गन्न बाँकी हुँदा महावीर पुन १२ हजार भन्दा बढीले अगाडि
२३ फागुन, म्याग्दी । प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेद्वार महावीर पुन करिब ४ हजार मतगणना बाँकी हुँदा १२ हजार ६०० बढी मतान्तरले अगाडि छन् । धवलागिरी, मालिका, मंगला गाउँपालिका, बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिदाँ पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका छन् । पुनको गृहपालिका अन्नपूर्ण […]
निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, मतदान, विशेष
बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ? (सूचीसहित)
निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
डा. लेखजंग थापा, प्रतिनिधि सभा निर्वाचन २०८२, रुपन्देही ३, विशेष
रुपन्देही ३ मा रास्वपाका लेखजंगको जित निश्चित, २४ हजार मत गन्न बाँकी हुँदा ३८ हजारले अगाडि
२३ फागुन, बुटवल । रुपन्देही क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार डा. लेखजंग थापाको जित निश्चित भएको छ । २४ हजार मत गन्न बांकी रहँदा थापाले निकटतम प्रतिस्पर्धी भन्दा ३८ हजार ७८४ मतले अग्रता लिएको हुँदा जित निश्चित भएको हो । ७० हजार ६०९ मत गणना हुँदा रास्वपाका थापाले ४४ हजार ९०७ मत पाएका छन् […]
रास्वपा, विशेष
रुपन्देही-४ : रास्वपाका कन्हैया बनियाँ निर्वाचित
रुपन्देही-४ मा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।

