२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक बोलाएका छन् । संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको हो । बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको स्रोतले बतायो । सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ । हाल प्रधानन्यायाधीश, प्रमुख […]
२२ वैशाख, काठमाडौं । ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार राखिएको छ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत यस्तो व्यवस्था गरेको हो । मंगलबार जारी अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि ४ जना उपस्थित हुनुपर्छ । अध्यादेशको दफा ६ को उपदफा (४) मा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा […]
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सोमबारको मन्त्रिपरिषद् बैठकले जस्ताकोतस्तै जारी गर्न पुन: राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अब राष्ट्रपतिले के गर्लान् भन्ने चासो छ ।
२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा कुनै परिमार्जन नगरी पुन: सिफारिसका लागि राष्ट्रपति कार्यालय पठाइएको बताएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुन: सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, परिमार्जन नगरी अध्यादेश पठाइएको उनले बताए । ‘पहिला […]
राज्यका अंग र संवैधानिक नियुक्तिहरूमा कार्यपालिकाको स्वेच्छाचारी निर्णय नहोस् भनेर सन्तुलनका लागि संवैधानिक परिषद्को व्यवस्था भएको हो । सत्तामा पुग्नेहरू भने त्यही संवैधानिक संयन्त्रलाई अध्यादेश मार्फत पंगु बनाएर आफू अनुकूल चलाउन खोजिरहेका छन् ।
लोकतन्त्र संविधान र कानुनका धाराहरूले मात्र होइन, अभ्यासले बलियो हुन्छ । करिब दुई तिहाइको एकल बहुमतको सरकारले संसद् छलेर अध्यादेशको बाटो रोज्नु कति आवश्यक थियो ?
१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सांसद भीष्मराज आङदम्बेलाई संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ । संवैधानिक परिषद्को पूर्णतासँगै विभिन्न संवैधानिक पदाधिकारीहरुको नियुक्तिको बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशदेखि विभिन्न संवैधानिक निकायका पदाधिकारीहरू सिफारिस गर्न नेपालको संविधानमा संवैधानिक परिषद्को परिकल्पना छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रमुख […]
२५ चैत, काठमाडौं । प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने निकाय संवैधानिक परिषद्ले पूर्णता पाउन अझै केही समय लाग्ने देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयनमा गरिरहेको ढिलाइ र उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरू नभएका कारण संवैधानिक परिषद्ले पूर्णता पाउन अझै केही समय लाग्ने […]