चीनबाट जवाफ नआएकाले होला परराष्ट्र मन्त्रालयले पनि यसबारे प्रष्ट धारणा राख्न सकेको छैन । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग निरन्तर संवादमा रहेको प्रतिक्रिया दिएका छन् ।
२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरूले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कूटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद सन्दीप राना, नेकपा (एमाले)की सांसद भुमिका लिम्बू सुब्बा, नेपाली कम्युनिष्ट […]
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत सीमा समस्या समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक माध्यमबाट अन्तर्क्रियाका लागि खुला रहेको उल्लेख गरेका छन् । भारत संवादका लागि तयार भएको हो भने यो सकारात्मक पक्ष हो ।
१८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग छ रहेको सरकारले स्मरण गराएको छ ।
धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने कैलाश मानसरोवर यात्रा हरेक वर्ष हजारौं श्रद्धालुहरूको आकर्षणको केन्द्र बन्ने गरेको छ । यस्तो यात्राको रुट नेपालको भूमिमा पर्दा नेपाललाई जानकारी छैन ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका विदेशमन्त्री वाङ वी सहभागी बैठकले दुई देशबीचको तीर्थयात्री आउजाउ केन्द्र बनाउने सहमति गरेको लिपुलेक नेपाली भूमि हो । त्यतिबेला नेपालले कुनै प्रतिक्रिया जनाएको थिएन ।
८ चैत, काठमाडौं । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार यस वर्षबाट पुन: सुरु गर्ने भएका छन् । भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)को रिपोर्टअनुसार, ६ वर्षको अन्तरालपछि उक्त भूमि हुँदै दुई छिमेकी देशले पुन: सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन् । पीटीआईले उत्तराखण्डका […]