२०७९ को चुनाव जितेर संघीय संसद् प्रवेश गर्दा योगेश सबैभन्दा कान्छा सांसद थिए । उनै युवामाथि आशा जीवित राख्दै मुस्ताङी जनताले दोस्रो पटक चुनेर पठाएका छन् ।
रास्वपाका अमरकान्त एमालेका उम्मेदवार ताराकान्त चौधरीका भतिज हुन् । अमरकान्तले आफ्नै काकालाई मात्र पराजित गरेनन्, हेभिवेट नेता जसपा नेपालका अध्यक्ष यादवको संसद् छिर्ने बाटो समेत रोके ।