काभ्रेपलाञ्चोक
+977-9863403002
२३ श्रावण २०८३ शनिबार

निश्कल राई

Auto Added by WPeMatico

unnamed 1
निश्कल राई, प्रमुख समाचार (Home), सरकार

निश्कल राईको आरोप– सरकार सामाजिक सञ्जालको व्यवस्थापनमा व्यस्त देखियो



News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन रक्षाभन्दा सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाएका छन्।
  • उनले सरकारले नीति निर्माण गर्दा तल्लो तहका र विपन्न नागरिकको हितलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।
  • गृहमन्त्रीले आत्मदाहको घटनापछि पीडितसँग जाँदा युट्युबरलाई साथमा लगेको विषयलाई लिएर उनले सरकारको गम्भीरतामाथि प्रश्न उठाएका छन्।

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन र पीडाप्रति संवेदनशील हुनुको साटो सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाएका छन् ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको कार्यशैली र नीति निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका हुन् ।

हालै भएको गणेश नेपालीको आत्मदाहको घटनाप्रति दु:ख व्यक्त गर्दै सचेतक राईले नीति निर्माण गर्दा तल्लो तहका र विपन्न नागरिकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।

घटनापछि गृहमन्त्रीको सक्रियताप्रति टिप्पणी गर्दै राईले सरकारमा संवेदनशीलताको कमी देखिएको जिकिर गरे ।

‘हामीले बनाउने नीतिले मध्यमवर्गीय र निमुखा नागरिकको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने हेक्का नहुँदा आज यस्तो दु:खद् स्थिति सृजना भएको हो । संसद्मा नीति निर्माण गर्दा सत्ता र प्रतिपक्षभन्दा माथि उठेर आम नागरिकको हित हेर्न जरुरी छ,’ उनले भने, ‘गृहमन्त्री पीडितकहाँ जानु सकारात्मक भए पनि युट्युबरहरू सँगै लिएर जाने र लाइभ गर्ने कार्यले उहाँको गम्भीरतामाथि प्रश्न उठाएको छ । सरकार नागरिकको जीवन रक्षाभन्दा पनि सोसल मिडिया म्यानेजमेन्टमा बढी व्यस्त देखिएको छ ।’

यातायात नियमावलीमा जरिवाना वृद्धिको तयारी भइरहेको चर्चाप्रति असन्तुष्टि जनाउँदै राईले पूर्वाधारको विकास नगरी जरिवाना मात्र बढाउनु अव्यावहारिक हुने बताए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
निश्कल राई, प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचार

प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो : निश्कल राई

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद्  निश्कल राईले गुरुकुल र विश्वविद्यालय ठानिएको सदन प्रधानमन्त्रीले बंक गरिरहेको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको सून्य समयमा बोल्दै सांसद राईले सदनको गरिमा प्रधानमन्त्रीले नबुझेको टिप्पणी गरे। ‘सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने, मन लागे जाने । सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ भन्ने सत्तापक्षका […]
unnamed 1
निश्कल राई, राष्ट्रिय समाचार

संसद्‌मा कांग्रेसको प्रश्न : भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन ?

नेपाली कांग्रेसले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको भनेर संसद्‌मा प्रश्न उठाएको छ ।
unnamed 1
निश्कल राई, प्रमुख समाचार (Home), सुहाङ नेम्वाङ

सुहाङ र निश्कलको जितमा विपक्षी मतदातासमेत खुसी

सुहाङ र निश्कलले चुनाव जितेपछि विपक्षी मतदाता समेत खुसी देखिएका छन् । सामाजिक सञ्जालदेखि सार्वजनिक टिप्पणीसम्म ‘इलामले दुई सक्षम युवा सांसद पायो’ भन्ने प्रतिक्रिया आइरहेको छ ।
unnamed 1
इलाम १, निश्कल राई, नेपाली कांग्रेस, विशेष - Packaages

इलाम-१ मा कांग्रेसका निश्कल राईको सुरुवाती अग्रता

२२ फागन, इलाम । इलाम-१ मा नेपाली कांग्रेसका निश्कल राईले सुरुवाती अग्रता लिएका छन् । उनले ३९९ मत प्राप्त गरेका छन् । राईलाई नेकपा एमालेका काजीमान कागतेले ३१८ मतका साथ पछ्याइरहेका छन् । श्रम संस्कृति पार्टीका विनोद नेम्वाङले १५८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले १४६ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट […]
Scroll to Top