प्रधानमन्त्रीले सदनमा राष्ट्रपतिप्रति गरेको व्यवहारले देशको शीर झुक्यो
आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा पेस भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे ? भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ ! यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दु:ख व्यक्त गरौं, सभामुख महोदय ?

