मुख्यमन्त्री कार्यालयले कृषि, भेटेनरी, लाइभस्टक एन्ड डेरी समूहका उपसचिव स्तरका कर्मचारीको सट्टा अधिकृतस्तर (छैटौँ र सातौँ तह) लाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् ।
२९ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका सहप्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा उत्पन्न परिस्थितिबीच काठमाडौं उपत्यकामा एलपीजी ग्यासको अभाव भएको, त्यसबाट उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित समाचारप्रति आउयोगको ध्यानाकर्षण भएको जनाएका छन् […]
‘बालेनले के राजनीति जान्या छ’ भन्ने प्रश्न खड्गबहादुर विश्वकर्मा मात्रै होइन, अरू थुप्रै वामपन्थी गरिरहेका छन्। बालेन स्वयंले कति राजनीति बुझ्या छन् या छैनन्, भोलिका दिनमा देखिएला। तर उनीहरूले आजसम्म बुझें भनेको राजनीति चाहिं कस्तो छ त ?
२९ फागुन, धादिङ । त्रिशूली नदी किनारमा एक महिलाको शव फेला परेको छ । धादिङको गजुरी गाउँपालिका–२ भद्रकाली मन्दिर पछाडि त्रिशूली नदीमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको हो । मृत भेटिएको महिलाको पहिचान खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२९ फागुन, जनकपुरधाम । २३ माघको बिहान । धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ अन्दाजी २५ वर्षीया युवतीको शव फेला पर्यो । युवतीको बायाँ कञ्चटमाथि गोली लागेको निशान थियो । बायाँबाट छेडेर गोली दायाँभाग हुँदै निस्किएको थियो । ती युवती को थिइन् ? कसले उनको हत्या गरेको थियो ? अहिलेसम्म केही पत्तो लागेको छैन । प्रहरीले […]