जितगढीलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
७ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय सम्पदा सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग माग गरेका छन् । बुटवलमा आयोजित जितगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न आवश्यक रहेकाले प्रदेश सरकारले समेत पहल गरिरहेको बताए । […]

