भिसा आवेदनका लागि चाहिने आवश्यक कागजात डकुमेन्टेशन गर्ने क्रममा दूतावास अगाडि डकुमेन्टेशनको काम गर्ने नवीन नामका व्यक्तिसँग मिङ्मारको सम्पर्क भएको थियो ।
मन्त्रालयबाट बिदा हुने क्रममा बुधबार आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै अर्यालले सामूहिक नेतृत्वको प्रयासबाट तोकिएका जिम्मेवारी पूरा गर्न मन्त्रालय सफल भएको बताएका हुन् ।
‘दफा १८१ र १८२ घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट प्रत्यक्ष रूपमा घटना घटाइएको हुनुपर्छ । भवितव्यले होस् कि लापरबाहीले होस् । जुनसुकै अवस्थामा मात्रै उसको उपस्थिति आवश्यक छ ।’
‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ ओलीले भने, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’