१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको बताएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले कानुन बन्ने कुरा जनताको थलोमा पारदर्शी हुनुपर्ने बताए । ‘सरकारले प्रस्ताव गरे संसद्को अधिवेशन बोलाइसकेपछि बिना जानकारी फेरि संसद् स्थगित भएको पायौं,’ चालिसेले भने, […]
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । उनलाई बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो । सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो […]
१४ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ । साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने स्रोतले बतायो ।
१४ वैशाख, विराटनगर । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत मोरङमा आगजनी गरिएका विचाराधीन मुद्दाको अधिकांश मिसिल संकलन भएको छ । तर ५० वटा मिसिल अझै भेटिएको छैन । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका अनुसार आगजनीको समयमा अदालतमा रहेका १ हजार ४१ वटा विचाराधीन मुद्दाको मिसिल जलेका थिया । तीमध्ये विभिन्न स्रोतको सहयोगमा ९ सय ९१ मिसिल […]
शिक्षा जब समुदायमा पुग्छ, सेवा गाउँ–गाउँमा विस्तार हुन्छ र डिजिटल स्वास्थ्य प्रणालीले भौगोलिक दूरीलाई छोट्याउँछ, त्यसपछि सूदूरपश्चिम नाम मात्र होइन नेपालको स्वास्थ्य क्रान्तिको वास्तविक बिम्ब बन्नेछ ।
१४ वैशाख, काठमाडौं । सुत्केरी व्यथाले समस्या परेकी महिलाको नेपाल सेनाले उद्धार गरेको छ । ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ दुर्गाभञ्जन गुल्मबाट खटिएको टोलीले उद्धार गरेको हो । ढोरपाटन-८ देवीथान निवास महिलालाई उद्दार गरी उपचारका लागि सेनाले ढोरपाटनस्थित सामुदायिक स्वास्थ्य चौकीसम्म पुर्याएको छ ।
बिहान ब्रह्म मुहूर्तमा बा–हजुरबाले ‘ॐ जय जगदीश हरे’ गाउँदा झर्को मानेर सिरकभित्र गुटुमुटु पर्ने पुस्ता थिए ती । घण्टी र शंखको ध्वनि अनि भजनको अलापमा यिनीहरू न जागृत हुन्थे, न मुग्ध । बरु क्यासेट प्लेयरमा ‘हो जा रंगीला रे’ घन्काएर शरीरका अवयवहरू जर्याकजुरुक पार्दै आफ्नो दैनिकी सुरु गर्थे । प्रातकालीन आरतीमा यिनीहरूले थाली घुमाएनन्, पूजाआजा […]