१४ वैशाख, काठमाडौं । सरकारले सुकुमवासी बस्तीका विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बस्ती स्थान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन् । त्यसैअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित […]
यसअघि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुमवासी बस्तीका घरटहरा भत्काइएको थियो । त्यहाँ बस्दै आएकाहरुलाई नगर प्रहरीले कीर्तिपुर, नागार्जुन र भक्तपुरमा व्यवस्थापन गरेको छ ।
१३ वैशाख, काठमाडौं । सुकुमवासी बस्ती हटाउन करिब २ हजार प्रहरी परिचालन गरिएको छ । काठमाडौैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्कीका अनुसार अहिले शान्तिपूर्ण रुपमा बस्ती हटाउन काम भइरहेको छ । ‘म आफैं फिल्डमा छु । अहिले शान्तिपूर्ण रुपमा सुकुमवासी बस्ती हटाउने काम भइरहेको छ । आवश्यकता अनुसार सुरक्षाकर्मीको व्यवस्था मिलाएका छौं,’ एआईजी […]
शंखमूल र प्रसुति गृह गरी दुईतिरबाट डोजर चलिरहँदा सुकुमवासीहरू भने भत्कँदै गरेको आफ्नो छाप्रो हेर्दै सामान रुँगिरहेको र रोइरहेको दृश्य एकदमै टिढलाग्दो थियो । करिब नौ बजेतिर देखापरिन्, ४ महिने बाबु कोक्रोमा झुलाउँदै टोलाइरहेकी सुकुमवासी बस्तीकी अन्जली पसवान ।
१२ काठमाडौं । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो । उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो । आज दिउँसोदेखि […]