महान्यायाधिवक्ता सविता भण्डारीले २ माघ, २०८२ मा गरेको दोस्रो निर्णयमा अघिल्लोबाट ‘निजको हकमा’ भन्ने शब्दावली हटाउने बाहेक अरू कुनै विवरण फेरबदल भएको छैन ।
६ चैत, काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीचको निरन्तर संवाद आवश्यक रहेको बताएकी छिन् । शुक्रबार भक्तपुरमा आयोजित कानुन व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी चैत १८ गतेदेखि बार र बेन्चबीचको संवादलाई निरन्तरता दिने घोषणा गरिन् । साथै, उनले […]
तीन दिनको फरकमा सर्वोच्च अदालतबाट दुईथरी आदेश जारी भयो । पहिलो आदेशमा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नरहेको भन्ने देखिन्छ भने दोस्रोमा उनको नाम कालोसूचीमा रहेको भन्ने विवरण छ । त्यसले कुन आदेश सही हो भन्ने अन्योल गराएको छ ।
३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले […]
२७ फागुन, काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । सुनुवाइ सुरु भएको दुई/तीन दिनमै सर्वोच्च अदालतले आफ्नो आदेश सुनाउनेछ । महान्यायाधिवक्ता […]
२० फागुन, लन्डन । बेलायती भेट्रान तथा नागरिकमन्त्री लुइस स्यान्डर-जोन्सले बेलायतले गोर्खाहरूको विशिष्ट सेवा र यूके नेपालबीचको गहिरो, ऐतिहासिक सम्बन्धलाई उच्च सम्मान गर्ने बताएकी छन् । नेपालको सर्वोच्च अदालतले बेलायत सरकारसँग भूतपूर्व गोर्खा सैनिकका समान पेन्सनलगायत समस्याबारे परिणाममुखी वार्ताको थप पहल गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश दिएलगत्तै मन्त्री जोन्सले मंगलबार सरकारी वेवसाइटमार्फत यो धारणा सार्वजनिक […]