२४ वैशाख, काठमाडौं । नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले संविधान संशोधन गर्ने भए प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् । साथै राष्ट्रिय सभा पूरै समावेशी बनाउन र प्रतिनिधिसभाबाट समानुपातिक हटाउन पनि उनले सुझाव दिएका छन् । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन उपयुक्त हुने उनको राय छ । पूर्वमन्त्री समेत रहेका […]
शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचना, न्यायपालिकाको पुनर्संरचना, संवैधानिक निकायको संख्या र समावेशितालगायतका विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संविधानका प्रावधानहरू केवल कागजी होइनन्, तिनले गाउँदेखि शहरसम्म, शिक्षा, न्याय, उद्योग, श्रम र नागरिक जीवनका सबै पक्षमा प्रत्यक्ष प्रभाव पार्छन्। त्यसैले संशोधन प्रक्रिया खुला, समावेशी र व्यापक संवादमा आधारित हुनुपर्छ।
१४ वैशाख, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आज संविधान र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल बनेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३:०० बजेदेखि संविधान र कानुनविद्सँग छलफल सुरु भएको हो । छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना […]
१० वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको व्यवस्था गर्न सुझाव दिएको छ । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ लाई श्रम संस्कृति पार्टीले आज लिखित सुझाव दिएको हो । पार्टी अध्यक्ष हर्क साम्पाङले सार्वजनिक गरेको सुझाव पत्रमा सुझावका विभिन्न ९ बुँदाहरु छन् । […]
शुक्रबार लोकसभामा प्रस्तुत गरिएको १३१औँ संविधान संशोधन विधेयक मतदानका क्रममा आवश्यक बहुमत जुटाउन नसक्दा विफल भएको थियो, जसलाई विपक्षीले आफ्नो रणनीतिक सफलताको रूपमा लिएका छन् ।