चुनावमा पार्टीको लजास्पद पराजयपछि नै नेतृत्वले अब विश्राम लिनुपर्ने लाइनमा उभिएका पौडेलले शुक्रबार पार्टी सचिवालयको बैठकमा औपचारिक रुपमै यो प्रस्ताव अघि बढाएका हुन् ।
१६ वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल प्रचण्डको सत्ता कब्जा गर्ने सोच र उग्रवामपन्थी भड्कावका कारण माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको आरोप लगाएका छन् । बुधबार २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले प्रचण्डसँग अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत नरहेको […]
९ वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको पछिल्लो पराजय र क्षतिका लागि नेतृत्व स्वयं जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा जारी वक्तव्यमा उनले विगतको सफलताजस्तै असफलताको जिम्मेवारी पनि नेतृत्वले लिनुपर्ने स्पष्ट पारेका हुन् । पौडेलले कम्युनिस्ट आन्दोलनले स्थापना कालदेखि लोकतान्त्रिक शासन, सामाजिक न्याय र समाजवादको लक्ष्यसहित […]
५ वैशाख, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची भएको स्पष्ट पारेका हुन् । चुनावपछि पार्टीभित्र र बाहिर वाम एकताको बहस उठिरहेका […]
२३ फागुन, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । निर्वाचन आयोगले खरेल विजयी भएको जनाएको छ । उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् । त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ […]
पौडेलले निर्वाचनमा पार्टीले ब्यहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । पार्टीको नराम्रो पराजयपछि देशभरबाट नेता कार्यकर्ता, बुद्धिजिवी र जिम्मेवार मिडियाले दिएको सुझावलाई आत्मसाथ गरेर पार्टी अघि बढ्नुको विकल्प नभएको पौडेलको भनाई थियो ।