काभ्रेपलाञ्चोक
+977-9863403002
७ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

मोरङ ४ र ६ मा एमाले उम्मेदवारको जमानत जफत
जमानत जफत, प्रमुख समाचार (Home)

मोरङ ४ र ६ मा एमाले उम्मेदवारको जमानत जफत

२३ फागुन, विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा एमालेका दुई उम्मेदवारको जमानत जफत भएको छ । मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भइन् । क्षेत्र नम्बर ६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् । मोरङ ४ मा एमालेका उम्मेदवार जीवन […]
कास्की ३ मा विजयी बिनाले जेनजी आन्दोलनका घाइते भेटेर थालिन् धन्यवाद यात्रा
कास्की-३, प्रमुख समाचार (Home)

कास्की ३ मा विजयी बिनाले जेनजी आन्दोलनका घाइते भेटेर थालिन् धन्यवाद यात्रा

२३ फागुन, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिना गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेर मतदातालाई धन्यवाद यात्रा थालेकी छन् । शुक्रबार राति विजयी भएकी बिनाले शनिबार बिहान पोखरा–२५ हेमजामा जेनजी आन्दोलनका घाइते रमेश पौडेललाई भेटेपछि मतदातालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्रको यात्रा थालेकी हुन् । भदौ २३ […]
ओली बालेनभन्दा ३१ हजार मतले पछि
केपी शर्मा, प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), बालेन शाह, मतपरिणाम

ओली बालेनभन्दा ३१ हजार मतले पछि

२३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग ३१ हजार मतले पछि परेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार बालेनको मत ४२ हजार ५४३ पुगेको छ । ११ हजार ४२७ मतसहित ओलीले उनलाई पछ्याइरहेका छन् । झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार सात […]
शंकर पोखरेललाई उषाकिरणले भनिन्– राजीनामा लेखेर स्टाटस लेख्नु पर्थ्यो कमरेड
उषाकिरण तिमल्सिना, नेकपा एमाले, प्रमुख समाचार (Home), शंकर पोखरेल

शंकर पोखरेललाई उषाकिरणले भनिन्– राजीनामा लेखेर स्टाटस लेख्नु पर्थ्यो कमरेड

२३ फागुन, काठमाडौं । नेकपा एमालेकी नेता उषाकिरण तिमल्सिनाले पार्टीको सिंगो कमिटीले आफ्नो पुनसंरचना/पुनर्गठन गर्नु जरुरी रहेको बताएकी छन् । पार्टीका महासचिव शंकर पोखरेलले पराजय स्विकार्दै परिवर्तनको लहरका सामु आफूहरूको प्रयास सफल हुन नसकेको भनेर सामाजिक सञ्जालमा लेखेका छन् । त्यसमा टिप्पणी गर्दै उषाकिरणले भनेकी छन्, ‘आफ्नो जिम्मेवारीबाट राजिनामा लेखेर यो स्टाटस लेख्नु पर्थ्यो कमरेड […]
पराजय स्विकार्दै शंकर पाेखरेलले भने- ‘परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन’
एमाले महासचिव, दाङ-२, प्रमुख समाचार (Home), शंकर पोखरेल

पराजय स्विकार्दै शंकर पाेखरेलले भने- ‘परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन’

पोखरेलले भनेका छन्, ‘जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन्। परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन ।’
गोरखा-१ का सबै मतपेटिका संकलन, केहीबेरमा गणना हुने
गोरखा १, प्रमुख समाचार (Home)

गोरखा-१ का सबै मतपेटिका संकलन, केहीबेरमा गणना हुने

२३ फागुन, गोरखा । गोरखा-१ को सबै मतपेटिका संकलन गरिएको छ । बाँकी रहेको उत्तरी गोरखाका मतपेटिकाहरू शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको हो । ‘उत्तरी गोरखामा २३ मतदान केन्द्र हुन्’, मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले भने, ‘९ वटा केन्द्रको हिजो हेलिबाट ल्याइयो बाकी आज ल्याएका हौं ।’ अब केही बेरमा मतगणना सुरू हुने […]
धादिङ-१ मा दोब्बर बढी मतले आशिका अगाडि, राजेन्द्र पाण्डे तेस्रो
आशिका तामाङ, धादिङ १, प्रमुख समाचार (Home)

धादिङ-१ मा दोब्बर बढी मतले आशिका अगाडि, राजेन्द्र पाण्डे तेस्रो

२३ फागुन, काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले दोब्बर बढी मतले अग्रता लिइरहेकी छन् । यहाँ आशिकाले १८ हजार ३७८ मत पाउँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ७ हजार ५४६ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे तेस्रो स्थानमा छन् । पाण्डेले ५ […]
सप्तरीका ४ वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता
प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), रास्वपा

सप्तरीका ४ वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

२३ फागुन, सप्तरी । सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । सप्तरी-१ मा रास्वपाकी पुष्पा चाैधरी १० हजार ९ सय १६ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका रामदेव साह तेलीले २ हजार ५ सय १५ मत पाएका छन् । यस्तै नेकपा एमालेका समनराज प्याकुरेलले २ हजार २ सय […]
रास्वपा नेता सस्मितलाई कांग्रेस महामन्त्री पौडेलको बधाई
नेपाली कांग्रेस, प्रदीप पौडेल, प्रमुख समाचार (Home)

रास्वपा नेता सस्मितलाई कांग्रेस महामन्त्री पौडेलको बधाई

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडौं–५ मा विजयी सस्मित पोखरेललाई बधाई दिएका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पोखरेललाई बधाई दिएका हुन् । ‘काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएकोमा सस्मित पोखरेलजीलाई हार्दिक बधाई,’ महामन्त्री पौडेलले लेखेका छन्, ‘यस यात्रामा […]
सल्यानमा २९ हजार ६१३ मत गणना हुँदा नेकपाका रमेश मल्ल अगाडि
प्रमुख समाचार (Home), सल्यान

सल्यानमा २९ हजार ६१३ मत गणना हुँदा नेकपाका रमेश मल्ल अगाडि

२३ फागुन, सल्यान । सल्यानमा २९ हजार ६१३ मत गणना सकिएको छ । अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका रमेश मल्लले  अग्रता कायम राखेका छन् । पछिल्लो परिणाम अनुसार ९ हजार १०२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले ६ हजार ८६४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस का […]
Scroll to Top