काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता
किशोरी, प्रमुख समाचार (Home), बेपत्ता

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता

६ वैशाख, पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन् । मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको […]
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
गण्डकी, गोरखा, प्रमुख समाचार (Home), सामुदायिक स्कुल

गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने

६ वैशाख, गोरखा । जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारबाट पठनपाठन सुरु हुने भएको छ । वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्न लागिएको हो । शुक्रबार जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन, भर्ना लगायतका […]
वसन्तयामको धवलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन ९ जना पुगे चुचुरोमा
धवलागिरि हिमाल, प्रमुख समाचार (Home)

वसन्तयामको धवलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन ९ जना पुगे चुचुरोमा

६ वैशाख, म्याग्दी । धवलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धवलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धवलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ । इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् । चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विट्जरल्याण्डका […]
एकतर्फी खुल्यो बीपी राजमार्ग
प्रमुख समाचार (Home), बागमती, बीपी राजमार्ग

एकतर्फी खुल्यो बीपी राजमार्ग

६ वैशाख, काभ्रे । बीपी राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको छ । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान ८:४५ बजेदेखि एकतर्फी खुलाइएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहले भने, ‘डाइभर्सन बगाएको स्थानमा मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको छ ।’ पूर्णरूपमा बाटो सञ्चालन गर्नका लागि अझै केही […]
बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु
एम्बुलेन्स दुुर्घटना, प्रमुख समाचार (Home), बर्दिया, लुम्बिनी

बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु

६ वैशाख, काठमाडौं । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको […]
हावाहुरीले घरको पर्खाल भत्किंदा सिरहामा एक जनाको मृत्यु
प्रमुख समाचार (Home), सिरहा, हावाहुरी

हावाहुरीले घरको पर्खाल भत्किंदा सिरहामा एक जनाको मृत्यु

६ वैशाख, सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका-२ मकरामपुरमा हावाहुरी र वर्षाका कारण घरको पर्खाल खस्दा एक महिलाको मृत्यु भएको छ । हावाहुरीले शनिबार राति करिब ८ : ४५ बजे घरको पर्खाल भत्काउँदा पुरिएर करिब ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाएपछि […]
मिलन चक्रे समूहका निरे पक्राउ
प्रमुख समाचार (Home), मिलन चक्रे

मिलन चक्रे समूहका निरे पक्राउ

६ वैशाख, काठमाडौं । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले बालुवाटारबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३ बसुन्धराका निरे भनिने निराजन पौडेललाई बालुवाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ठेक्कापट्टामा संलग्न निरे मिलन चक्रे समूहमा रहेर गुण्डागर्दी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षित काठमाडौं अपरेसनअन्तर्गत उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीको […]
जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ
कैदी, प्रमुख समाचार (Home)

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

६ वैशाख, काठमाडौं । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् । जेनजी आन्दोलनका बेला सुन्धारास्थित कारागारबाट भागेका सोलुखुम्बुको दूधकुण्ड-६ सल्लेरीका २७ वर्षीय मिङमार शेर्पा पक्राउ परेका हुन् । शेर्पालाई शनिबार कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार मुद्लामा कारागार चलान भएका उनी भागेर मुलपानीमै बस्दै आएका […]
रास्वपा सचिवालय बैठक बस्दै, लेबीदेखि योजना आह्वानसम्म एजेण्डा तय
प्रमुख समाचार (Home), रास्वपा सचिवालय बैठक

रास्वपा सचिवालय बैठक बस्दै, लेबीदेखि योजना आह्वानसम्म एजेण्डा तय

६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकका लागि आधा दर्जन बढी एजेण्डा तय गरिएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनका विषयमा […]
विद्युत् महसुल संकलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरण, प्रमुख समाचार (Home), विद्युत् महसुल

विद्युत् महसुल संकलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण

६ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संकलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ । महसुल संकलनका लागि आवश्यक सहजीकरणका लागि विद्युतीय माध्यमबाट काम गर्ने वा गराउने फर्मलाई प्रस्ताव पेस गर्नका लागि आग्रह गरेको हो । प्राधिकरणले सेवाप्रदायक संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, […]
Scroll to Top