सँगै भोड्का पिउने, बुलेट ट्रेनको यात्रा गर्ने, तालको किनारमा चिया पिउने र चिनियाँ ‘डमप्लिङ’ सँगै पकाउने जस्ता अनौपचारिक गतिविधिहरूले उनीहरूबीचको व्यक्तिगत विश्वासलाई थप बलियो बनाएको छ ।
६ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दर्ता गराएका दुईवटै विधेयक प्रतिनिधिसभामा पेश भएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीको हैसियतमा शाहले दर्ताका लागि प्रतिनिधिसभामा पठाएका विधेयकहरू कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बुधबारको प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ […]
६ जेठ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानरपालिका–१७ घर भएका २३ वर्षीय सन्दिप राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । गोठाटारस्गित पहँलो पुलमा बिग्रिएर चल्न नसकेको बा ४ ख ५२४१ नम्बरको गाडीको सिटमुनिबाट प्रहरीले म्यागजिनसहित पेस्तोल बरामद […]
६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्यूरोमा १७ जना सदस्यहरू मनोनीत गरेका छन् । उपसभापति पुष्षा भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत निर्वाचन ब्यूरो गठन गरिएको थियो । उक्त ब्यूरोमा सदस्यहरू मनोनीत गरी सभापति थापाले कार्यादेश समेत दिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टीको देशव्यापी निर्वाचन डाटाबेस […]
६ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी बजेटमा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित बनाउन थप मुलुकसँग श्रम सम्झौता गर्ने योजनालाई प्राथमिकतामा राख्ने भएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा श्रमसचिव दीपक काफ्लेले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने र द्विपक्षीय श्रम सम्झौतामार्फत गन्तव्य मुलुकलाई सुरक्षित […]
६ जेठ, काठमाडौं । रास्वपा ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी सभापतिमा रवि लामिछानेको विकल्प नभएको बताएका छन् । संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भएपनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पारे । पार्टीको आगामी […]