२५ फागुन, संखुवासभा । संखुवासभाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका-४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेका छन् । उनलाई १ थान भरूवा बन्दुक सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त बन्दुक बरामद गरेको हो । […]
२५ फागुन, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत डर्बी खेलमा दोस्रो स्थानको एसी मिलानले शीर्ष स्थानको इन्टर मिलानलाई पराजित गर्दै अंकदूरी ७ मा झारेको छ । पर्भिस इस्तुपिनाले पहिलो हाफका गरेको एक मात्र गोल मदतमा एसी मिलानले इन्टरलाई १-० ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । इस्तुपिनानले ३५औं मिनेटमा गोल गरेका थिए । […]
काठमाडौं । ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोलेले राज्यबाट मासिक रुपमा पाउने तलबभत्ता वापतको रकम सामाजिक सेवाको क्षेत्रमा खर्च गर्ने घोषणा गरेकी छन् । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उपाध्यक्ष गोलेले सो घोषणा गरेकी हुन् । अनलाइनखबर डटकमको २०८१ सालको ५० प्रभावशाली महिलामा छनौट भएकी गोलेले सामाजिक सन्जालमा लेखेकी छन्, ‘महिला […]
कञ्चनपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनक सिंह धामी विजयी भएका छन् । धामीले २४ हजार ३३२ मत ल्याउँदै विजयी बने । उनका प्रतिस्पर्धी नेकपाकी बिना मगरले ११११० मत प्राप्त गरिन् ।