काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

दुर्घटना

unnamed 1
दुर्घटना, बर्दिया, मेन स्टोरी

बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते



News Summary

Generated by OK AI. Editorially reviewed.

  • बर्दियाको गुलरिया–नेपालगञ्ज सडकखण्डमा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दार तिलक कँडेलको मृत्यु भएको छ भने एक जवान घाइते भएका छन् ।
  • भन्सार कार्यालयतर्फ भैँसी लैजाँदै गरेको सशस्त्र प्रहरीको टोलीलाई लालपुरमा बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
  • दुर्घटनामा घाइते भएका सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाहको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

३१ जेठ, काठमाडौं । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारको मृत्यु भएको छ । एक जना प्रहरी जवान घाइते भएका छन् ।

बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले गुलरिया–नेपालगञ्ज सडकखण्डको लालपुर भन्ने स्थानमा ठक्कर दिँदा बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेलको मृत्यु भएको हो । उनलाई आज बिहान करिब साढे पाँच बजे अस्पताल पुर्‍यालगत्तै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी एवम् डिएसपी रेशम बोहराले जानकारी दिए ।

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाह घाइते छन् । बाँसगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय शाहलाई बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको छ ।

कँडेल र शाह फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर बर्दियामा कार्यरत थिए ।

दुर्घटनामा ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरीका ४० वर्षीय निरन्जन दर्जी पनि घाइते छन् । उनको बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एउटा पाडोलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो । ती भैंसी र पाडोलाई भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा नेपालगञ्ज–गुलरिया जोड्ने हुलाकी सडक खण्डको लालपुरमा ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
दुर्घटना, प्रमुख समाचार (Home), भारत

उत्तर प्रदेशको लखिमपुर खिरीमा ट्रक र भ्यान ठोकिँदा १० जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा ट्रक र भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
unnamed 1
दुर्घटना, राष्ट्रिय समाचार

तमोर करिडोरमा सवारी दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारमा विंगर भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
unnamed 1
दुर्घटना, नेपाल प्रहरी, राष्ट्रिय समाचार

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुपप्र ०१०१४ प २६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
unnamed 1
दुर्घटना, प्रमुख समाचार (Home)

चितवनमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

२ जेठ, काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–३ लायन्सचोक आलुमण्डीस्थित सडकमा आनन्दमार्गबाट लाचोकतर्फ आउँदै गरेको बा.९२ प ३१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर सोही महानगरपालिका–४ बस्ने २१ वर्षीय अनिष कुमालको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ […]
unnamed 1
दुर्घटना, राष्ट्रिय समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँलगायत देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
unnamed 1
दुर्घटना, प्रदेश समाचार, प्रमुख समाचार (Home), मधेश, सर्लाही

सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

२८ वैशाख, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई सोमबार राति करिब ८:१५ बजे […]
Scroll to Top