८ वैशाख, काठमाडौं । काठमाडौंको कपन (मुस्कानचोक) क्षेत्रबाट एक बालक बेपत्ता भएका छन् । उनी गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ, कालो कपाल र कालो टी शर्ट लगाएका ती बालक सम्पर्कविहीन भएका छन् । उनका बुवा सन्तोष कार्कीले […]
नयाँ नेपालको बहस कुनै व्यक्तिको लोकप्रियतामा मात्र टिक्ने विषय होइन। यो एक समग्र रूपान्तरणको प्रक्रिया हो, जसका लागि बहुआयामिक सुधार आवश्यक पर्छ। निम्न प्रमुख आधारहरूलाई प्राथमिकतामा राख्न सकेमा बालेन सरकार सफलतातर्फ अघि बढ्न सक्छ ।
२५ चैत, रोल्पा । रोल्पाको लुंग्री गाउँपालिकामा उत्पादन भएको कोदो पहिलोपटक काठमाडौं पुगेको छ । लुंग्री गाउँपालिकामा सञ्चालित सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँपालिकाका ७ वटै वडामा उत्पादन भएको कोदोलाई संकलन गरी मंगलबार जिल्ला बाहिर पठाएको हो । सहकारीमा करिब ८० क्विन्टल कोदो संकलन गरिएकोमा १० क्विन्टल अर्थात १ हजार केजी स्थानीय बजारमै खपत भएको […]
२१ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन […]
अहिले नेपालका धेरै स्थानहरूमा वायुमण्डल स्थिर अवस्थामा छ । हावा चलिरहेको छैन र यहाँको धुवाँ धुलो अन्यत्र फैलिन पाएको छैन, वायुमण्डलमा नै तैरिरहेका छन् ।