इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो ।
१ वैशाख, काठमाडौं । इरानले आफ्ना छिमेकी देशहरू साउदी अरब, युएई, कतार, बहराइन र कुवेतसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ। इरानका तर्फबाट संयुक्त राष्ट्रसङ्घका राजदूत अमिर सइद इरावानीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई एउटा पत्र पठाएका छन्। पत्रमा यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेका र अब उनीहरूले इरानलाई भएको क्षतिको पूर्ण भरपाई […]
१ वैशाख, काठमाडौं । पाकिस्तानको इस्लामावादमा भएको अमेरिका र इरानबीचको युद्धविराम वार्ता निष्कर्षविहीन बनेपछि तनाव थप चुलिएको छ। इरानले आफ्नो परमाणु परियोजना ५ वर्षका लागि रोक्ने प्रस्ताव राखे तापनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै २० वर्षको प्रतिबन्ध हुनुपर्ने अडान राखेसँगै वार्ता निष्कर्षविहीन बनेको थियो । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, इस्लामावाद वार्तामा इरानले परमाणु गतिविधि ५ वर्षका लागि […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेट अफ होर्मुजबाट हुने इरानी ढुवानीलाई रोक्ने धम्की दिएपछि इरानी सेनाले कडा प्रतिकारको चेतावनी दिएको हो ।
३० चैत, काठमाडौ । इरानी अधिकारीहरूले जासुसी, शत्रु देशहरूसँगको सहकार्य र सरकार विरोधी गतिविधिहरूको आरोपमा थुप्रै व्यक्तिहरूलाई पक्राउ गरिएको बताएका छन्। बीबीसीका अनुसार, पक्राउ गरिएकाहरूलाई मुद्दाहरू दर्ता गरिएका छन् र धेरै सम्पत्तिहरू पनि जफत गरिएका छन्। इरानी सञ्चारमाध्यमका अनुसार, आइतबार देशभरि गुप्तचर जानकारीको आधारमा गरिएको कारबाहीमा एउटा सङ्गठित नेटवर्कलाई भत्काइएको प्रहरी कमाण्डले जनाएको छ, जसले […]
इस्लामावादका यी २१ घण्टाले एउटा कटु तर महत्वपूर्ण सत्य उजागर गरे- शान्ति स्थापनाभन्दा युद्धारम्भ धेरै सजिलो छ। युद्ध सुरु गर्न एउटा निर्णय काफी हुन्छ तर, शान्ति स्थापना गर्न दशकौँको अविश्वास मेटाउनुपर्छ।
२७ चैत, काठमाडौं । इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु भएको छ । अप्रिलको सुरूवाततिर घाइते भएका खराजीको उपचारका क्रममा मृत्यु भएको हो । इरानका सञ्चारमाध्यमहरूले पूर्वविदेशमन्त्री खराजी मृत्युको समाचार प्रकाशन–प्रशारण गरेको बीबीसीले जनाएको छ । खराजीलाई इरानको सत्ता राजनीतिमा एक सुधारवादी नेताका रूपमा लिइन्थो । उनी ‘स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स’ का प्रमुख र दिवंगत […]
आफ्नै आन्तरिक आर्थिक संकट, राजनीतिक अस्थिरता र सुरक्षा चुनौतीहरूका बीचमा उभिएर यति ठूलो वैश्विक संकट समाधान गर्नुले पाकिस्तानको कूटनीतिक सामर्थ्यलाई एउटा नयाँ उचाइमा पुर्याएको छ।
अमेरिकाले आक्रमणको धम्की दिएपछि इरानका विभिन्न स्थानमा रहेका प्रमुख ऊर्जा केन्द्रहरू (पावर प्लान्ट) र पुलहरूको वरिपरि मानिसहरूले छुट्टाछुट्टै मानव साङ्लो बनाएका थिए ।
अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेदेखि नै टर्कीले सतर्कतापूर्ण अडान अपनाएको छ । टर्कीका अधिकारीले अमेरिका वा तेहरानलाई प्रत्यक्ष रूपमा दोषी नठहराइ यस संघर्षसँग जोडिएका जोखिमबारे चेतावनी दिइरहेका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणपछि आफ्नो पहिलो विज्ञप्तिमा टर्कीको परराष्ट्र मन्त्रालयले सबै पक्षलाई आक्रमण तुरुन्त रोक्न आह्वान गर्दै मध्यस्थताको प्रस्ताव राखेको थियो […]