काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

मनोरञ्जन प्रमुख

Auto Added by WPeMatico

unnamed 1
चीन, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, हर हर्ट बिट्स इन इट्स केज

चीनले रोक्यो अवार्ड विजेता फिल्म ‘हर हर्ट बिट्स इन इट्स केज’ प्रदर्शन




अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कार जित्न सफल एक चिनियाँ नारीवादी फिल्म ‘हर हर्ट बिट्स इन इट्स केज’ लाई चीन सरकारले प्रदर्शनमा रोक लगाएको छ । मे ३० तारिखदेखि चीनका हलमा प्रदर्शन तयारीमा रहेको यस फिल्मले कानुन उल्लङ्घन गरेको भन्दै सांघाई चलचित्र ब्युरोले रिलिज रोक्न आदेश दिएको हो ।

यो फिल्मको कथावस्तु घरेलु हिंसा विरुद्ध लड्ने क्रममा अन्जानमा आफ्नो श्रीमानको हत्या गर्न पुगेकी एक महिलाको ‘सत्य घटना’ मा आधारित भनिएको थियो । यसमा शीर्ष अभिनेत्री झाओ सियाओहोङलाई वास्तविक जीवनकै घरेलु हिंसा पीडित महिलाका रूपमा प्रस्तुत गरिएको थियो ।

फिल्ममा १० वर्ष जेल जीवन बिताएर निस्किएपछि उनले आफ्नो सासू र छोराको मन जित्न गरेको संघर्ष देखाइएको छ । यही उत्कृष्ट अभिनयका लागि झाओले गत वर्ष सेप्टेम्बरमा स्पेनमा आयोजित ७३औँ ‘सान सेबास्टियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा उत्कृष्ट मुख्य भूमिकाका लागि ’सिल्भर सेल’ अवार्ड समेत जितेकी थिइन् ।

प्रदर्शनको मिति नजिकिँदै गर्दा चीनका सर्वसाधारण र इन्टरनेट प्रयोगकर्ताले यसको वास्तविकताबारे कयौँ उजुरी दर्ता गराएका थिए । अनुसन्धानका क्रममा झाओको वास्तविक अदालती फैसला र चलचित्रको कथा पूर्ण रूपमा फरक पाइएको छ ।

अदालतको फैसला अनुसार सन् २०१९ मा सानातिना घरायसी विवादका क्रममा झाओले फलफूल काट्ने चक्कु प्रहार गरी श्रीमानको हत्या गरेकी थिइन् । जसमा घरेलु हिंसाको कुनै प्रमाण भेटिएको थिएन । अदालतले उनलाई १५ वर्षको जेल सजाय सुनाए पनि सजाय अवधि घटेर उनी सन् २०२० मा जेलमुक्त भएकी थिइन् ।

निर्देशक किन सियाओयुले सन् २०११ मा सुरु भएको सुटिङका क्रममा कारागार प्रशासनसँग ‘डकुमेन्ट्री’ बनाउने भन्दै कैदी रहेकी झाओलाई अभिनय गराउने अनुमति लिएका थिए । तर पछि उनले त्यसलाई व्यावसायिक चलचित्रका रूपमा बजारमा ल्याए । चीनको कारागार कानुन अनुसार जेलभित्रका गतिविधि केवल शिक्षा र सुधारका लागि मात्र हुनुपर्ने व्यवस्था छ ।

यसरी झुटो विवरण दिएर व्यावसायिक फिल्म बनाएको र आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई अभिनय गराएको भन्दै चीनमा यसको तीव्र विरोध भइरहेको छ । विवाद बढेपछि फिल्मलाई समर्थन गर्ने प्रसिद्ध चिनियाँ अभिनेत्री याओ चेनले आफ्नो सामाजिक सञ्जालको पोस्ट हटाएकी छन् भने अभिनेत्री झाओको सामाजिक सञ्जाल खातामा पनि प्रतिबन्ध लगाइएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
एलिफेन्ट्स इन द फग, कान्स, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

कान्समा जितेर स्वदेश फिर्न लागेको ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई स्वागत गरिने



News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई सरकारले स्वागत तथा सम्मान गर्ने निर्णय गरेको छ।
  • प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले सूचना तथा संचार मन्त्रालय र चलचित्र विकास बोर्डले टोलीलाई सम्मान गर्ने जानकारी दिनुभयो।
  • चलचित्र विकास बोर्डले टोलीलाई एयरपोर्टमा स्वागत गर्ने र एकसाता भित्र सम्मान कार्यक्रम आयोजना गर्ने जनाएको छ।

काठमाडौं । प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा इतिहास रचेर स्वदेश फिर्न लागेको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई सरकारले स्वागत तथा सम्मान गर्ने भएको छ । प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले यसबारे जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘यो केवल एउटा अवार्ड जितेको क्षण होइन, नेपाली चलचित्र उद्योगको सम्मान, संघर्ष र सम्भावनाले विश्वबाट मान्यता पाएको क्षण हो, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको गौरव बढाएर फर्किने यो टोलीलाई सूचना तथा संचार मन्त्रालय र चलचित्र विकास बोर्डले सम्मान गर्नेछ ।’

प्रधानमन्त्रीका सल्लाहकारको यस्तो जानकारीपछि चलचित्र विकास बोर्ड स्वागतको तयारीमा जुटेको छ । बोर्ड अध्यक्ष दिनेश डीसीले सोमबार बिहान टोलीलाई एयरपोर्टमा स्वागत गरिने र एकसाताभित्र कार्यक्रमको आयोजना गरेर सम्मान गरिने जनाए ।

कान्स प्रिमियरको पूर्वसन्ध्यामा संचारमन्त्री विक्रम तिमल्सिना र बोर्डले अलग-अलग विज्ञप्तिमार्फत फिल्मको टोलीलाई बधाइ दिइसकेका छन् ।

कान्सको अन सर्टेन रिगार्ड विधामा अविनाशविक्रम शाह निर्देशित फिल्मले जुरी प्राइज जितेको छ । यो फिल्मलाई लिएर भेराइटीसहितका अन्तर्राष्ट्रिय फिल्म म्यागेजिनले पनि प्रशंसा गरेका छन् ।

यसैबीच, आसन्न काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)ले निर्देशक शाहलाई फिल्म छलफलको प्यानलिस्टमा सहभागि गराउन लागिएको जनाएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
केकी अधिकारी, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, विपिन कार्की

‘प्रेम होस् त काजीको जस्तो



News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली फिल्म ‘काजी’ ले प्रदर्शनको पहिलो दिनदेखि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।
  • कलाकार विपिन कार्कीले काठमाडौंका विभिन्न हलमा गएर दर्शकसँग प्रतिक्रिया लिएका थिए।
  • निर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम, समर्पण र सम्बन्धको भावनात्मक यात्रामा आधारित रहेको बताउनुभयो।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘काजी’ ले समग्रमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।

प्रदर्शनको पहिलो र दोस्रो दिन कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल, निर्माता रामप्रसाद रिजाल लगायत काठमाडौं उपत्यका भित्र रहेका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।

दर्शकले फिल्ममा काजी र कजिनीको प्रेमकथालाई रुचाएका छन् । ‘श्रीमान् होस् त काजी जस्तो’ भन्ने प्रतिक्रिया दर्शकले दिइरहेका छन् । प्रतिक्रिया लिन फिल्म हल पुगेका दर्शकले ‘काजी जस्तो पो प्रेम’ भन्ने प्रतिक्रिया दिइरहेका छन् ।

दर्शकबाट त्यस किसिमको प्रतिक्रिया आउनुलाई दर्शक पात्र र कथासँग जोडिएको अभिनेता विपिन कार्कीले बताए ।

उनले भने, ‘म शुक्रबार र शनिवार काठमाडौंमा रहेका प्रायः हलमा पुगे, जहाँ पनि दर्शक भावनात्मक हुनुभएको पाएँ । कत्तिले हामीलाई काजी जस्तै श्रीमान् चाहियो पनि भन्नुभयो, केहीले श्रीमान् त काजी जस्तो हुनुपर्छ पनि भन्नुभयो । हामीले एउटा मनछुने प्रेमकथा दर्शकसामु ल्याएका छौँ, जातिले हेर्नुहुन्छ, पक्कै अन्य दर्शकलाई सिफारिस गर्नुहुनेछ । प्रेम होस् त काजीको जस्तो होस् भन्ने पनि दर्शकले भन्नुभएको छ ।’

उनले शनिबार पनि विभिन्न हलमा पुगेर केकीसँगै दर्शक भेटघाट गरेको बताए । निर्देशक रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेम, समर्पण र सम्बन्धको भावनात्मक यात्रामा आधारित रहेको बताए ।

उनले भने, ‘काजी हेरेर निस्किएका दर्शकले दिनुभएको प्रतिक्रियाले म ढुक्क भएँ । मैले पर्दामा जे देखाएको थिएँ, दर्शकले त्यसलाई बुझ्नुभयो । यो फिल्म हेरेपछि काजीजस्तै श्रीमान् वा प्रेमी होस् भन्ने कामना धेरैले गर्नुहुनेछ, किनकि काजीले आफ्नी श्रीमतीलाई गर्ने प्रेम अद्भुत छ।’

अभिनेत्री अधिकारीले पनि आफ्नो अभिनय यात्रामा ‘काजी’ विशेष महत्व राख्ने बताइन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् ।

पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन निर्देशन, कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत तथा कविराज गहतराजको नृत्य निर्देशन छ । नेहान रिजाल र विकासराज जोशी निर्माता हुन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
अविनाशविक्रम शाह, एलिफेन्ट्स इन द फग, कान्स फिल्म फेस्टिभल, प्रमुख समाचार (Home), मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले जित्यो ‘जुरी प्राइज’

यसवर्षको कान्स फेस्टिभल आज सकिँदैछ र सोही क्रममा मुख्य विधाको विजेता समेत घोषणा हुनेछ ।
unnamed 1
एलिफेन्ट्स इन द फग, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

‘एलिफेन्ट्स इन द फग’ : समाजको स्वीकृति र अस्वीकृतिबीच बाँचेका किन्नरहरूको कथा

‘एलिफेन्ट्स इन द फग’ केवल एउटा फिल्म मात्र होइन, अहिलेको सामाजिक यथार्थसँग जोडिएको गहिरो टिप्पणी पनि हो ।
unnamed 1
चलचित्र जाँच समिति, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, सेन्सर बोर्ड

‘सेन्सर बोर्ड’ शब्दावली हटाइयो, नाम राखियो- ‘फिल्म एक्जामिनेसन कमिटी’

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिको दशकौं लामो इतिहासमा पहिलोपटक केही महत्वपूर्ण परिवर्तन भएका छन् । जाँच र व्यवस्थापन सम्बन्धी ती परिवर्तनको कार्यान्वयन सुरु भैसकेको छ । समितिको अंग्रेजी नाम परिवर्तन भएर अब ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ । नामबाट ‘सेन्सर बोर्ड’ भन्ने शब्दावली हटाइएको छ । यसअघि ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ नाम […]
unnamed 1
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मिस नेपाल २०२६, मेन स्टोरी

‘मिस नेपाल २०२६’ को आवेदन खुला, ग्राण्ड फिनाले १६ साउनमा

काठमाडौं । द हिडन ट्रेजरले ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ । बुधबार पुल्चोकस्थित द प्लाजामा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी संस्करणबारे जानकारी दिइएको हो । आयोजकले नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक नेपाली युवतीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । आवेदन दिने अन्तिम मिति जेठ २५ (जुन ८) सम्म तोकिएको छ […]
unnamed 1
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, लालीबजार

‘लालीबजार’ को मुद्दामा उच्च अदालतमा पुनः सुनुवाई : विपक्षीलाई छलफलमा झिकाउन आदेश

काठमाडौं । फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले बुधबारदेखि पुनः सुनुवाई थालेको छ । यो मुद्दामा सुनवाई गर्दै आज गणेशप्रसाद बराल र नारायणप्रसाद सुवेदीको इजलासले विपक्षीलाई छलफलमा झिकाउन आदेश दिएको छ । यसअघि उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गर्दै प्रदर्शनको लागि बाटो खुला गरेको थियो । उक्त आदेशलाई चुनौति दिँदै […]
unnamed 1
‘एक मुठ्ठी बाँदल’, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, सिनेमा

मुठ्ठीमा राख्न सकिन्छ त ‘एक मुठ्ठी बादल’?

फिल्ममा उठान गर्न खोजिएको गम्भीर विषय र गरिएको प्रस्तुतीबीच विरोधाभास छ । भनौं, फिल्मले अंगाल्नुपर्ने न्यूनतम दृष्टिकोणको सट्टा अनावश्यक जटिलता थपेको छ ।
unnamed 1
दासढुंगा, बमबहादुर कार्की, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

‘दासढुंगा’ घटना बुझाउने बमबहादुरको त्यो गीत, रिलिजपछि जब अमर लामाले धम्काए

काठमाडौं । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आइतबार ३३ वर्ष पुगेको छ । यस अवसरमा उनीहरूको योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रम भइरहेका छन् । हरेक वर्ष मदन स्मृति दिवस मनाइँदा एउटा गीतको चर्चा अनिवार्यजस्तै हुन्छ । बमबहादुर कार्की, शिवा आले, लोचन भट्टराई, विमाकुमारी दुरा र पवित्रा थापाको […]
Scroll to Top