१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्याउने बुद्धका शाश्वत सन्देशहरू आजको विश्वमा झनै सान्दर्भिक रहेको बताएका छन्। […]