परिसरका डिएसपी राजु अधिकारीले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को अनुसूची ९ बमोजिमको जरुरी पक्राउ पुर्जी दिएका हुन् । संहिताको दफा ९(६)मा कुनै व्यक्ति पक्राउ नभएमा वा भाग्ने, उम्कने अनि प्रमाण, दसी वा सबूद नष्ट गर्ने कारण भएमा तत्कालै जरुरी पूर्जी जारी गरी पक्राउ गर्न सकिने उल्लेख छ ।
पूर्वाग्रही रुपमा र प्रक्रिया मिचेर ओली र लेखकलाई पक्राउ गरिएको भन्दै उनीहरुले आइतबार बिहान अदालत खुलेलगत्तै बन्दीप्रत्यक्षीकरणको निवेदन दिने तयारी गरेका हुन् ।
आयोगको प्रतिवेदन पनि प्रहरीका लागि जाहेरी (एफआईआर) सरह हो, त्यो भन्दा बढी होइन । त्यसलाई ग्रहण गरेर अनुसन्धान प्रक्रियामा जानुपर्ने हो । मेरो विचारमा, नयाँ सरकारले पक्राउका लागि अलि हतारो गरेजस्तो देखिन्छ ।
गृहमन्त्री सुधन गुरूङ रातभर प्रहरी हेडक्वाटरमा बसेका थिए । त्यहाँबाट पक्राउको योजना र कागजात तयार गरिएपछि बिहान शनिबार बिहान झिसमिसेमै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए ।
१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ । लेखकलाई भने यसअघि नै पुर्याइसकिएको छ । ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज बिहान […]