राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले रोपाइँको समय आउनै लाग्दा किसानलाई आवश्यक सामग्रीको बन्दोबस्तीबारे सरकारको तयारी के भइरहेको छ भनेर प्रश्न गरेकी छन् ।
२४ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
सोमबार संसद्को विशेष समयमा बीपी कोइरालादेखि बेलायती राजासम्मका दृष्टान्त दिएर सभामुख र सरकारलाई सचेत गराइयो। सत्ता पक्षकै सांसद मनिष झाले पनि सभामुखलाई बधाई दिँदै भने, ‘यसअघिका सदन खुमलटार, बालुवाटार र बालकोटको बन्दी भएर बस्यो। सङ्ख्या मात्र गनियो, सिद्धान्त कमजोर रह्यो। अब सदन सिद्धान्तको हुनेछ।’
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले प्रेसर (उच्चरक्तचाप) बढेकाले अस्पताल भर्ना गरिएको बताए । ‘राति सुत्ने बेला असहज भएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याई पुर्याउँदा प्रेसर उच्च […]
२४ चैत, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यो बैठक आकस्मिक रुपमा बोलाइएको हो । गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए । तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा राखिएपछि गृहमन्त्री गुरुङ रोकिएका छन् । बैठक सकिएपछि […]