१८ वैशाख, काठमाडौं । पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका चर्चित नेपाली सेफ हुन्– टंक सापकोटा । पोर्चुगलको लिस्बनमा लामो समयदेखि उनले परम्परागत रेस्टुरेन्ट ‘कासा नेपालेसा’ सञ्चालन गर्दै आएका छन् । पोर्चुगलमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको ‘फोर्नो दि ओरो’ नामक रेस्टुरेन्ट युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा […]
१८ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा आजबाट चण्डेश्वरी जात्रा शुरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले चण्डेश्वरी जात्रा मनाउने गर्दछन् । बनेपा सात गाउँमा हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ । जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित घरबाट चिराग बोक्दै बनेपाको […]
१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुद्ध जयन्तीको अवसरमा दिएको अभिव्यक्तिको प्रतिउत्तर दिँदै जेनजी अभियन्ता रक्षा बमले साँचो क्रान्ति करुणाबाट सुरु हुने बताएकी छन्। बिहीबार प्रधानमन्त्री शाहले शान्तिको सन्देश जारी गर्दै साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो भनेका थिए । प्रधानमन्त्रीको उक्त भनाइलाई उद्धृत गर्दै […]
१८ बैशाख, काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीबाट सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने क्रममा नयाँ प्रणाली सुरु गरेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय […]
लुभुमा जस्तै उपत्यकाका अन्य क्षेत्रहरू पनि प्राकृतिक ग्यासको स्रोतले सम्पन्न छन् । तर प्राकृतिक ग्यासका स्रोतको संरक्षण र उपयोग गर्नेतर्फ सरोकारवालाको ध्यान गएको देखिँदैन ।
आज वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ ।
सरकारले तोकेको समयसीमा र कार्यादेश हेर्दा बहालवाला प्रधानमन्त्री बालेन शाहदेखि कार्यालय प्रमुख बनेका उपसचिवसम्मका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनेछ । काम शुरु भएको एक साताभित्रै आयोगका पदाधिकारीहरुको सम्पत्ति सार्वजनिक गरेर छानबिनको शुरुवात हुनेछ ।