विपक्षीहरूसँग संयुक्त विज्ञप्ति निकाल्ने र बैठक बस्नेमा श्रम संस्कृति पार्टी देखिएको छैन । तर सरकारलाई प्रश्न गर्न श्रम संस्कृति पार्टी र यसका अध्यक्ष साम्पाङ अरू विपक्षी दलहरूभन्दा ‘भिजिवल’ देखिन्छन् । साम्पाङले प्राथमिकताका साथ तीन एजेन्डा उठाइरहेका छन्- सुकुमवासी बस्तीमा चलिरहेको डोजर, अध्यादेश र राष्ट्रियता ।