२३ वैशाख, काठमाडौं । सरकारले कानून सचिवमार्फत दुई अदालतका सदस्यहरूलाई राजीनामा दिएर सहजीकरण गरिदिन आग्रह गरेको छ । कानूनसचिव पारश्वर ढुंगानाले प्रशासकीय अदालत र श्रम अदालतका सदस्यहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेका हुन् । कानूनसचिव ढुंगानाले अनलाइनखबरसँगको कुराकानीमा उनीहरूलाई सरकारको सन्देश सुनाएर मार्गप्रशस्त गरिदिन आग्रह गरेको बताए । ‘राजनीतिक नियुक्ति लिएकाहरूलाई बिदा गरेर ती […]
शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचना, न्यायपालिकाको पुनर्संरचना, संवैधानिक निकायको संख्या र समावेशितालगायतका विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
२३ वैशाख, काठमाडौं । रास्वपा सांसद सागर ढकालले बाँदर र बँदेलको समस्या समाधान गर्न विशेष नीति लागू गर्नुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनाअनुसारको कृषि नीति लागू गर्न ध्यानाकर्षण गराए । ‘बाँदर तथा बँदेलको समस्या समाधानको लागि पनि विशेष नीति लागु गर्नुपर्छ । बाँदर मार्नुपर्छ […]
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ।
नेपालमा आयात हुने चामलमा अत्यधिक विषादी प्रयोग गरेको भेटिएको तर चामल आयात गर्ने कारोबारीहरूले त्यसको परीक्षण नगरेको दाबी सहित उनले विषादी परीक्षणपछि मात्रै चामल भित्र्याउन र वितरण गर्न दिनुपर्ने माग थियो ।
सार्वजनिक जग्गा जथाभावी बाँड्ने काममा संलग्न रहेको भन्दै पूर्वप्रधानमन्त्रीदेखि पूर्वमुख्यसचिवलाई तत्काल पक्राउ पुर्जी जारी गर्नुपर्ने मागसहित दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।