नेपालमा पनि यस्ता रोगहरू पर्याप्त संख्यामा छन् । तर चेतना र परीक्षणको अभावका कारण धेरै बालबालिका सही निदान नपाएर भौंतारिइरहेका छन् । कतिपय त ९० पटकसम्म अस्पतालमा भर्ना भएर बस्नुपरेको अवस्था पनि देखिएको छ ।
नेपालको स्वास्थ्य प्रणाली एउटा ऐतिहासिक र संक्रमणकालीन मोडमा उभिएको छ । स्वास्थ्य सेवा सरल र सहज रूपमा उपलब्ध गराउने उद्देश्यले संरचनाहरू बनाउदै गए, कार्यक्रमहरू परिमार्जन भए । स्वास्थ्य सेवाको पहुँचलाई प्राथमिकतामा राखेर सेवा विस्तार भयो । गाउँगाउँमा स्वास्थ्य चौकी पुगे, जिल्ला अस्पतालहरू विस्तार भए । यसरी कागज र योजनामा हेर्दा हामीले धेरै यात्रा तय गरिसक्यौं […]