उच्च भूमिकामा भएर पनि सांसद पद सुरक्षित गर्न समानुपातिक कोटा रोजेका यी नेताहरूलाई दलको नेता मानेर जाँदा एमालेको आकर्षण नबढ्ने निष्कर्षमा एमालेभित्र ठूलै पङ्क्ति देखिन्छ। तिनै पङ्क्तिको साथ लिएर सुहाङ दलको नेता बन्न चाहन्छन्।
सुहाङ र निश्कलले चुनाव जितेपछि विपक्षी मतदाता समेत खुसी देखिएका छन् । सामाजिक सञ्जालदेखि सार्वजनिक टिप्पणीसम्म ‘इलामले दुई सक्षम युवा सांसद पायो’ भन्ने प्रतिक्रिया आइरहेको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, नेम्वाङले ९२४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका सुदिप राईले ८४१ मत प्राप्त गरेका छन् ।
२२ फागुन, इलाम । इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० र रास्वपा […]