१२ बजे १२ समाचार: नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमादेखि सङ्कटमा मधेस सरकारसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. मुख्यमन्त्रीले विश्वासको मत लिएको दुई दिनमै मधेस सरकार संकटमा
दुई दिनअघि विश्वासको मत प्राप्त गरेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव सङ्कटमा परेका छन । मन्त्रालय भागबण्डामा गठबन्धन दलहरूबिच कुरा नमिल्दा यादव सरकार सङ्कटमा परेको हो ।
२. आफ्नैबाट टाढिए ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय पार्टीभित्र आफ्नै निकटका नेताहरूबाट टाढिएका छन् । सचिवालय बैठकमा उनले आफ्नै निकटका नेताको साथ पाउन सकेनन् भने अब केन्द्रीय कमिटीमा बहुमत देखाउने प्रयासमा जुटेका छन् ।
३. विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व असफल भएको सुदूरपश्चिम कांग्रेसको निष्कर्ष
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पार्टीको विशेष महाधिवेशनबाट आएको केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । धनगढीमा सम्पन्न प्रदेशस्तरीय भेलाले पार्टीभित्रको आन्तरिक कलह, गुटबन्दी र वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै ११ बुँदे घोषणापत्र जारी गरेको छ ।
४. मालपोत कार्यालयहरूलाई ९ बुँदे परिपत्र
भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्यलाई अनलाइनमार्फत गर्दा देखिएका समस्या समाधान गर्न ९ बुँदे परिपत्र जारी गरेको छ । नेपाल बैंकर्स संघको आग्रहअनुसार विभागले पाम प्रणाली लागु भएका सबै भूमि प्रशासन (मालपोत) कार्यालयहरूलाई रोक्का र फुकुवामा सहजीकरण गर्न उक्त निर्देशन दिएको हो ।
५. पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी
नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ । विभागीय मन्त्री खडक राज पौडेल (गनेस)को मन्त्रीस्तरीय निर्णयबाट भएको नियुक्तिसम्बन्धी यो विषय विवादमा तानिएको हो ।
६. मोदीलाई भेट्न भारत जाँदै रवि लामिछाने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणमा दुई दिने भ्रमणका लागि जेठ १८ गते भारत जान लागेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने जनाइएको छ ।
७. पोखरामा चल्यो डोजर
पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि डोजर चलाएको हो ।
८. बाजुरा र हुम्लाको सीमा विवादबारे अध्ययन गर्न समिति गठन
सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा विवादसम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
९. काठमाडौँ विश्वविद्यालयमा चुलियो असन्तुष्टि
काठमाडौँ विश्वविद्यालय (केयू) यतिबेला डिन नियुक्ति प्रकरणले विवादको केन्द्रमा तानिएको छ । सरकारले ल्याएको अध्यादेशबाट पदमुक्त भएका डिनहरूलाई नै विश्वविद्यालयको नेतृत्वले ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्दै पुनः अन्तरिम नियुक्ति दिएपछि प्राध्यापक तथा कर्मचारीहरू असन्तुष्ट बनेका हुन् ।
१०. सार्क ओझेलमा
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औँ शिखर सम्मेलन सम्पन्न भएको १२ वर्ष बितिस्कदा पनि १९औँ सम्मेलनको टुङ्गो लाग्न सकेको छैन । पछिल्लो समय सार्क ओझेलमा परेको छ ।
११. पहिलो पटक एकीकृत मूल्याङ्कन
‘गाउँगाउँमा सिंहदरबार’ पुर्याउने र राज्यको स्रोत–साधनमा आम नागरिकको पहुँच स्थापित गर्ने संवैधानिक परिकल्पनाका साथ ७५३ वटा स्थानीय सरकारहरू क्रियाशील छन् । तर यी सात वर्षमा स्थानीय सरकारहरू संस्थागत रूपमा कति बलिया भए र तिनले वित्तीय सुशासनको कस्तो मानक स्थापित गरे भन्ने विषयमा पहिलो पटक एकीकृत मूल्याङ्कन प्रतिवेदन आएको छ ।
१२. आईपीएल


_XioVaGRPbL.jpg)