५० हजारको प्रलोभन देखाएर ललितपुरमा १७ वर्षीया किशोरीको डिम्ब झिकियो

News Summary
Generated by OK AI. Editorially reviewed.
- ललितपुरमा १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी अवैध रूपमा डिम्ब झिकेको घटना सार्वजनिक भएपछि प्रहरीले एकजना बिचौलियालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
- पीडित किशोरीको परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि बी एण्ड बी आईभीएफ सेन्टरमा भएको सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको एसपी गौतम मिश्रले बताए।
- डिम्ब तस्करीको मुद्दामा संलग्नलाई कारबाही नभएको गुनासो बढेका बेला सरकारले निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२ मार्फत यस्ता कार्यलाई नियमन गर्ने प्रयास गरेको छ।
७ साउन, काठमाडौं । राज्यकै संरक्षणमा मुद्दा नचलाई सामसुम पारिएको डिम्ब तस्करी प्रकरणजस्तै अहिले फेरि अर्को डिम्ब तस्करीको भएको खुलेको छ ।
सुशीला कार्की प्रधानमन्त्री भएको बेला महान्यायाधिवक्ता सबिता भण्डारीमार्फत डिम्ब तस्करीको मुद्दा नचलाउने निर्णय भएको थियो । तत्कालीन महान्यायधिवक्ता भण्डारीको आफ्नै लगानी रहेको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरले डिम्ब तस्करीको मुद्दामा क्लिनचिट पायो ।
अहिले यही शैलीमा अर्को डिम्ब तस्करी भएको खुलेको छ ।
एक १७ वर्षीया किशोरी डिम्ब तस्करीको प्रयासबाट बनेकी छिन् । कक्षा ११ मा अध्ययनरत ती किशोरीलाई सुरुमा साथीले नै डिम्ब झिक्दा केही हुँदैन भनेको पीडित किशोरीले बताएकी छिन् ।
‘मैले पनि दुई/तीन पटक दिइसके । यो महिना–महिना दिनमा आफैं खेर जाने चिज हो । केही पनि हुँदैन । पैसा पनि आउँछ’ साथीले आफूलाई भनेको कुरा पीडित किशोरीले अनलाइनखबरलाई बताइन् ।
पैसा आउने र केही पनि नहुने बताएपछि ती आफू तयार भएको ती किशोरीको भनाइ छ । त्यसपछि ती किशोरीलाई एक एजेन्टको सम्पर्कमा पुर्याइएको थियो । ती एजेन्टले किशोरीलाई झनै कन्भिन्स गराए ।
प्रलोभन देखाएपछि किशोरी तयार भइन् । ‘केही पनि हुँदैन, दुखाई पनि हुँदैन । शरीरलाई केही हानी गर्दैन भनेर मलाई फकाइयो’ किशोरीको भनाइ छ । किशोरीका अनुसार त्यसपछि उनलाई ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी आईभीएफमा लगियो ।
‘सुरुमा एउटा इन्जेक्सन लगाइयो । त्यसको करिब हप्ता/दश दिनपछि डिम्ब निकालियो’ पीडित किशोरीको भनाइ छ । इन्जेक्सन लगाएर डिम्ब विकास गराउने र उपयुक्त भएपछि निकाल्ने गरिन्छ । सोही अनुसार सुरुमा ती किशोरीलाई इन्जेक्सनमात्रै लगाइएको थियो ।
डिम्ब विकास भएपछि गत असार१४ गते ती किशोरीबाट डिम्ब झिकियो । त्यसपछि भने किशोरीको शरीरमा एकाएक परिवर्तन आयो । उनी कमजोरीले ढल्नेसम्मको अवस्था आयो ।
किशोरीको शरीरमा समस्या आएपछि उनले सबै कुरा परिवारलाई बताइन् । त्यसपछि किशोरीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरेर उपचार गरियो ।
अर्कोतर्फ सुरुमा ५० हजार रुपैयाँ दिने बताइए पनि ३० हजार रुपैयाँ मात्रै किशोरीलाई दिइएको थियो । तर शरीरमा समस्या आएर उपचार गराउनुपर्दा उल्टै रकम अभाव खेप्नु परेको पीडितको गुनासो छ ।
किशोरीको शरीरमा समस्या आएर उपचारपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा उनीहरुले उजुरी दिएका हुन् । यता परिसर ललितपुरका प्रवक्ता तथा एसपी गौतम मिश्रले पनि उजुरी आएको पुष्टि गरे ।
‘उजुरी आएको छ । हामीले घटनाबारे अनुसन्धान गरिरहेका छौं’ मिश्रले अनलाइखबरसँग भने । यो प्रकरणमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ गरेर अनुसन्धान गरेको छ । एसपी गौतमका अनुसार पक्राउ पर्नेमा लमजुङ घर भई ललितपुर बस्ने २१ वर्षीया राधिका गोतामे छिन् । उनलाई १ साउनमा प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि मानव बेचबिखन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । तर यता पीडित पक्षको भने डिम्ब झिक्न संलग्ने हुने चिकित्सकलाई प्रहरीले पक्राउ नगरेको गुनासो छ । ‘मुख्य दोषी नै डिम्ब झिक्ने डाक्टर हो भने उनी अहिलेसम्म किन पक्राउ पर्दैनन् ?’ पीडित पक्षको प्रश्न छ । यता प्रहरीले भने अनुसन्धानको काम भइरहेको र संलग्नहरुलाई पक्राउ गर्ने दाबी गरेको छ ।
‘पीडितले बी एण्ड बी मा लगेर डिम्ब झिकियो भन्नु भएको छ । हामी सबै प्रमाणहरू जुटाएर अनुसन्धानको काम गरिरहेका छौं । जसमा संलग्न तथा दोषी देखिने जो भए पनि पक्राउ पर्छन्’ एसपी गौतमले भने ।
निसन्तान दम्पतीलाई सन्तान प्राप्तिका लागि अन्य महिलाको डिम्ब प्रयोग गरिन्छ । यसरी संकलन गरिएको डिम्बलाई आईभीएफमार्फत बच्चाको उत्पादन गरिन्छ ।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८२ को असारमा यस्तै डिम्ब तस्करीमा संलग्नहरूलाई पक्राउ गरेको थियो ।
बबरमहलको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टर र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकमार्फत डिम्बको तस्करी भएको भन्दै अनुसन्धानको दायरामा तानिएका थिए ।
पीडित किशोरीहरुलाई ८/१० हजार रुपैयाँ दिने र २० लाखसम्म असुलेर डिम्बको बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको थियो ।
अनुसन्धान सकेर सीआईबीले गत भदौमा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार डा. स्वस्ति शर्मा, प्रत्युषा बराल, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानसहित सात जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।
तर तत्कालीन महान्यायाधिवक्ता भण्डारीले गत ३० असोजमा यो मुद्दा नचल्ने निर्णय गरेकी थिइन् । प्रतिवादी बनाउन सिफारिस गरिएकी प्रत्युषा भण्डारीकी छोरी हुन् भने स्वस्ति पनि पारिवारिक सदस्य हुन् ।
अवैध रूपमा डिम्ब (अन्डादान) बेचबिखन गरेको तथ्य खुलेपछि सरकारले नयाँ मापदण्ड तयार पारेको थियो । सरकारले निःसन्तान उपचार (आईभीएफ) सेवालाई नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ जारी गरेको थियो ।
संविधानले सुनिश्चित गरेको प्रजनन अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न र बाँझोपना उपचार सेवामा एकरूपता ल्याउन मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ अनुसार अधिकार प्रयोग गरी मापदण्ड जारी गरेको हो ।
मापदण्डअनुसार अब डिम्बदान प्रक्रिया निश्चित सीमा, गोपनीयता र स्वास्थ्य सुरक्षासहित गर्नुपर्नेछ । डिम्ब दानसम्बन्धी नयाँ मापदण्डअनुसार एक महिलाले जीवनमा ६ पटकभन्दा बढी डिम्बदान गर्न पाइँदैन ।
हरेक दानबीच कम्तीमा तीन महिनाको फरक हुनुपर्नेछ । डोनरको उमेर २० देखि ३५ वर्षभित्रको हुनुपर्ने र डिम्बदान गर्नुअघि शारीरिक परीक्षण र प्रयोगशाला जाँचमार्फत सरुवा रोग नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।
डिम्बदान गर्ने महिलालाई सो प्रक्रियाबाट तत्काल वा भविष्यमा आउन सक्ने सम्भावित स्वास्थ्य जटिलताबारे जानकारी दिइनुपर्ने र सुसूचित मञ्जुरी अनिवार्य लिनुपर्ने हुन्छ । तर यहाँ भने १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर डिम्ब झिकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ

ललितपुरको खुमलटारमा भारी वर्षा, उपत्यकाका सडक जलमग्न

News Summary
Generated by OK AI. Editorially reviewed.
- १४ जेठ बेलुका परेको अत्यधिक वर्षाका कारण काठमाडौं उपत्यकाका कमलादी, पुतलीसडक र त्रिपुरेश्वर लगायतका सडकहरू जलमग्न भई आवतजावत प्रभावित भएको छ ।
- ललितपुरको खुमलटारमा एक घण्टाकै अवधिमा ५४.८ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
- पश्चिमी र स्थानीय वायुको प्रभावका कारण शुक्रबार सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१४ जेठ, काठमाडौं । आज बेलुका परेको पानीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँ जलमग्न भएका छन् । कमलादी, पुतलीसडक, माइतीघर, त्रिपुरेश्वर, भोटाहिटी, ग्वार्को लगायतका स्थानका सडक जलमग्न भएका हुन् ।
सडक पूरै ढाकिने गरी पानी जमेकाले आउ-जाउ गर्न कठिनाइ भएको थियो । खासगरी पैदलयात्री र दुईपांग्रे सवारी चालक समस्यामा परेका थिए । अत्यधिक वर्षाका कारण केही यात्री बाटोमै रोकिन बाध्य भएका थिए ।
काठमाडौँको प्रज्ञाभवन अगाडिको सडक किनारका केही पसल भित्रै सडकमा जम्मा भएको पानी छिरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज ललितपुरको खुमलटारमा एक घण्टामै ५४.८ मिलिमिटर पानी परेको छ । एक घण्टामै यति धेरै पानी पर्नु आरीघोप्टे वर्षा जस्तो हो ।
२४ घण्टा अवधिमा ५० मिलिमिटर भन्दा बढी र एक सय मिलिमिटर भन्दा कम पानी परेमा भारी वर्षा भएको मानिन्छ । तर खुमलटारस्थित अटोमेटिक वर्षामापन केन्द्रमा एक घण्टा अवधिमै ५४.८ मिलिमिटर पानी परेको रेकर्ड छ ।
कीर्तिपुरमा २८.२, पानीपोखरीमा २०.८, ककनीमा १४.२ र नैकापमा १३ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी स्याङ्जाको मालुङ्गा, गुल्मीको रिडी, पाल्पाको तानसेन लगायतका स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ ।
मौसमविदहरुका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । सोही प्रभावले बादल बढ्ने र वर्षा हुने क्रम चलेको छ ।
अहिले काठमाडौं उपत्यकामा केही कम भएको वर्षा केही घण्टापछि फेरि बढ्ने सम्भावना छ ।
पानी पार्ने बादल नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले शुक्रबार पनि देशका धेरै ठाउँमा वर्षा हुने छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार शुक्रबारको दिन बिहान र दिउँसोको समयभन्दा रातिमा बढी पानी पर्ने सम्भावना छ ।
मौसमविद लामिछानेले भने, ‘शुक्रबार सातै प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ ।’ अहिले तातो हावाको लहर चलिरहेको पश्चिम तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेकाले गर्मीबाट केही राहत मिल्ने उनले बताए ।
केही मौसमविदले शुक्रबारको वर्षाले कुनै-कुनै ठाउँमा आकस्मिक बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
ललितपुरमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु

News Summary
Generated by OK AI. Editorially reviewed.
- ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा जिपले ठक्कर दिँदा ८ वर्षीया रोशनी साहको मृत्यु भएको छ।
- जिप चालक मकवानपुर हेटौडा नगरपालिका–४ घर भइ ललितपुर हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरिएको छ।
- जिप चालक श्रेष्ठमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए।
१० जेठ, काठमाडौं । ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही घर भइ ललितपुर हात्तिवन बस्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी छिन् ।
शनिबार दिउँसो साढे ३ बजेतिर ज्ञाननगर टोलमा बाटो काट्ने क्रममा प्र.०१–०३३ च ८७८० नम्बरको जिपले बालिकालाई ठक्कर दिँदै अघि बढेको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएकोमा शनिबार साँझ करिब ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिप चालक मकवानपुरको हेटौडा नगरपालिका–४ घर भइ ललितपुर हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
श्रेष्ठमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको एसपी मिश्रले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय