काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

बर्दिया

Auto Added by WPeMatico

unnamed 1
दुर्घटना, बर्दिया, मेन स्टोरी

बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते



News Summary

Generated by OK AI. Editorially reviewed.

  • बर्दियाको गुलरिया–नेपालगञ्ज सडकखण्डमा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दार तिलक कँडेलको मृत्यु भएको छ भने एक जवान घाइते भएका छन् ।
  • भन्सार कार्यालयतर्फ भैँसी लैजाँदै गरेको सशस्त्र प्रहरीको टोलीलाई लालपुरमा बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
  • दुर्घटनामा घाइते भएका सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाहको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

३१ जेठ, काठमाडौं । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारको मृत्यु भएको छ । एक जना प्रहरी जवान घाइते भएका छन् ।

बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले गुलरिया–नेपालगञ्ज सडकखण्डको लालपुर भन्ने स्थानमा ठक्कर दिँदा बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेलको मृत्यु भएको हो । उनलाई आज बिहान करिब साढे पाँच बजे अस्पताल पुर्‍यालगत्तै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी एवम् डिएसपी रेशम बोहराले जानकारी दिए ।

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाह घाइते छन् । बाँसगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय शाहलाई बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको छ ।

कँडेल र शाह फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर बर्दियामा कार्यरत थिए ।

दुर्घटनामा ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरीका ४० वर्षीय निरन्जन दर्जी पनि घाइते छन् । उनको बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एउटा पाडोलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो । ती भैंसी र पाडोलाई भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा नेपालगञ्ज–गुलरिया जोड्ने हुलाकी सडक खण्डको लालपुरमा ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
एम्बुलेन्स दुुर्घटना, प्रमुख समाचार (Home), बर्दिया, लुम्बिनी

बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु

६ वैशाख, काठमाडौं । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको […]
unnamed 1
कञ्चनपुर, कृष्णसार, चितवन, प्रमुख समाचार (Home), बर्दिया, स्थानान्तरण

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवन स्थानान्तरण गरिँदै

वन तथा वातावरण मन्त्रालयका अनुसार ६ भाले र १२ पोथी कृष्णसार स्थानान्तरण गर्न लागिएको हो ।
unnamed 1
बर्दिया, राष्ट्रिय समाचार, लुम्बिनी

बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मतदान

२१ फागुन, बर्दिया । प्रतिनिधिसभा निर्वाचनको क्रममा बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । दिउँसो २ बजेसम्म कुल मतदातामध्य बर्दिया जिल्लामा ४३ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए। बर्दिया जिल्लामा पुरुष १ लाख ५९ हजार ३८७, महिला १ लाख ६३ हजार ८७३ र अन्य ६ जना गरी ३ लाख […]
Scroll to Top