ऊर्जा संकट चर्किँदै गएपछि श्रीलंकाले विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ । बढ्दो विद्युत् मागले देशको विद्युत् प्रणालीमा दबाब सिर्जना गरेपछि यस्तो अपिल गरिएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति अनुराकुमार दिसानायकले राति घर फर्किएपछि धेरै ईभी प्रयोगकर्ताले गाडी चार्ज गर्दा ग्रिडमा करिब ३०० मेगावाट अतिरिक्त माग […]
४ चैत, काभ्रेपलाञ्चोक । हिमालयन युनिभर्सिटी कन्सोर्टियममा सहभागी हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयसहितका सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा भएको परिवर्तन र असर न्युनिकरणका लागि संवाद र सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौं विश्वविद्यालय (केयू)को आयोजनामा भएको कार्यक्रममा हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूले क्षेत्रीय सहकार्य बढाउने अठोट गरेका छन् । कार्यक्रममा भारतको द इनर्जी एण्ड रिसोर्सेज इन्स्टिच्युटको […]
४ चैत, जनकपुरधाम । मधेश प्रदेशमा जनमत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १५ सिट सहित चौथो ठूलो दल बनेको छ । विगतमा भएको नेकपा माओवादी केन्द्र (७), नेकपा एकीकृत समाजवादी (७) र नागरिक उन्मुक्ति पार्टी (१) मिल्दा मधेश प्रदेशमा नेकपा १५ सिट भएको छ । २०७९ को निर्वाचन परिणाम अनुसार माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादीको […]
४ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘म’ केन्द्रित राजनीतिबाट माथि उठ्न नसके पूराना दलहरूको भन्दा नराम्रो हबिगत हुने टिप्पणी गरेका छन् । पार्टीले मंगलबार र बुधबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘आफ्नो पोजिसन के हुन्छ । म कहाँ हुन्छु, पार्टी र […]
४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई केही आग्रह गरेका छन् । हिजो र आज चलेको पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जिम्मेवार भएर लाग्न आग्रह गरे । साथै, उनले प्रशस्त पानी पिउन र लामो समयसम्म शौचालय नरोक्न समेत आग्रह गरे । ‘प्रशस्त पानी पिउनुहोला । कहिँ […]