काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सुमधुर गीत गाउने आशा भोसलेको प्रेम जीवन कहिल्यै सुमधुर रहेन
आशा भोसले, प्रमुख समाचार (Home)

सुमधुर गीत गाउने आशा भोसलेको प्रेम जीवन कहिल्यै सुमधुर रहेन

किशोरी अवस्थामै विवाह, हृदयविदारक मोड र पुनरागमन जस्ता अनेक उतारचढावले भरिएको थियो आशा भोसलेको व्यक्तिगत जीवन । सर्सर्ती हेर्दा उनको कालजयी आवाजका पछाडि प्रेम, विद्रोह, पीडा र शक्तिले भरिएको एउटा फिल्मी कथा नै पाइन्छ । आज उनै भोसले ९२ वर्षको उमेरमा यस धर्तीबाट सदाका लागि विदा भइन् । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु […]
कमला नदीमा डुबेर एक युवकको मृत्यु
कमला नदी, प्रमुख समाचार (Home)

कमला नदीमा डुबेर एक युवकको मृत्यु

२९ चैत, जनकपुरधाम । धनुषा र सिरहाबीचमा बग्ने कमला नदीमा पौडीखेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महम्मद आयन कमड रहेको सशस्त्र प्रहरीले जनाएको छ । शनिबार पिकनिक गएका उनी गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल […]
मन्त्रालयको निर्देशनपछि विमानस्थलका चिटिक्क पारेका फोटो/भिडियो सार्वजनिक
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विमास्थल सुधार

मन्त्रालयको निर्देशनपछि विमानस्थलका चिटिक्क पारेका फोटो/भिडियो सार्वजनिक

२९ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि देशभरिका विमानस्थलले आफ्नो परिसरलाई सरसफाई र अत्यावश्यक सुविधा सम्पन्न गराउँदै गरेका तस्वीर तथा भिडियो पठाउन थालेका छन् । मन्त्रालयले सामाजिक सञ्जालबाट ती तस्वीर सार्वजनिक समेत गर्न थालेको छ । त्रिभुवन विमानस्थलसहित देशभरिका अन्य आन्तरिक विमानस्थलले समेत यस्ता तस्वीर र भिडियो पठाइरहेका छन् । मन्त्रालयले […]
संसद्को सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी
प्रमुख समाचार (Home), सार्वजनिक लेखा समिति

संसद्को सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

प्रतिनिधिसभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेको थियो । जसअनुसार यो समिति २६ सदस्यीय छ । सार्वजनिक लेखा समितिमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सदस्य छन् ।
सरकारमाथि डा. केसीको प्रश्न- कानुन पढेको छैन कि पेलेरै जान खोजेको हो ?
डा. गोविन्द केसी, प्रमुख समाचार (Home)

सरकारमाथि डा. केसीको प्रश्न- कानुन पढेको छैन कि पेलेरै जान खोजेको हो ?

२९ चैत, काठमाडौं । चिकित्सा सुधारका अभियन्ता डा. गोविन्द केसीले जेनजी घाइतेलाई छात्रवृत्तिमा एमबीबीएस भर्ना दिनेबारे शिक्षा मन्त्रालयले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । डा. केसीले प्रेस विज्ञप्ति जारी गर्दै सो अभिव्यक्तिले सरकारलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीबारे जानकारी नभएको वा जानाजानी कानुनविपरीत निर्णय अघि बढाउने मनसाय देखिएको स्पष्ट भएको टिप्पणी गरेका […]
निर्माणाधीन रङ्गशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन
प्रमुख समाचार (Home), यामलाल कँडेल, रङ्गशाला

निर्माणाधीन रङ्गशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन

२९ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याउन निर्देशन दिएका छन् । प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम टुग्याएर दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका हुन् । रङ्गशाला निर्माणका लागि बजेट समेत विनियोजन भैसकेको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी काममा ढिला गर्न नहुने  […]
सुनचाँदीको भाउ सामान्य बढ्यो
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी

सुनचाँदीको भाउ सामान्य बढ्यो

२९ चैत, काठमाडौं । आइतबार सुनचाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ३ हजार १ सय […]
प्युठानमा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु
प्युठान, प्रमुख समाचार (Home)

प्युठानमा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

२९ चैत, काठमाडौं । प्युठानको माण्डबी गाउँपालिका-५ रम्दीवेशीमा टिप्परले स्कुटीलाई ठक्कर दिंदा चालक यामबहादुर घर्तीको मृत्यु भएको छ । चेरनेटा-बरौला सडकखण्डमा भएको दुर्घटनामा घाइते भएका यामबहादुरलाई प्युठान अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Scroll to Top