सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी
२ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिबार साँझ साढे ५ बजेतिर धनगढी उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय मुकुन्द जोशीले चलाएर ल्याएको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कारपियो अस्पतालको पार्किङमा राखिएको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले आगलागीबाट स्कारपियो जलेको बताए । […]
