१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सोमबार कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे प्रतिवादमा उत्रने चेतावनी दिए । लोकतन्त्रमा संसद […]
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आज औपचारिक रूपमा टुंगिएको छ । पार्टीका सभापति गगनकुमार थापाकाअनुसार लामो कसरत र संवादपछि सांसद भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय भएको हो । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नामलाई सर्वसम्मत रूपमा प्रस्ताव गरिएको थियो । उक्त प्रश्तावलाई पार्टीका […]
१४ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११-१५ मंसिरसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । नेकपाको केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले महाधिवेशनको मिति तय गरेको हो । एक नेताकाअनुसार जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सम्पन्न गर्ने तय भएको छ । त्यस्तै, असारदेखि साउनसम्म श्रम शिविर […]
१४ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन् । पहिलो बैठक १७ बैशाखमा बस्नेगरी सभाको बजेट अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । उनका अनुसार प्रदेश प्रमुुखले सरकारको मन्त्रिपरिषद्को बैठकले […]
१४ वैशाख, काठमाडौं । सरकारले सुकुमवासी बस्तीका विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बस्ती स्थान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन् । त्यसैअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित […]
१४ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली […]