३० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित नयाँबस्ती नागेश्वर गल्ली एरियामा एक पुरुषको शव फेला परेको छ । मृत भेटिएका पुरुष अन्दाजी ५० वर्षीय रहेको प्रहरीको भनाइ छ । केन्द्रीय समाचार कक्षले दिएको जानकारी अनुसार, मृतक पुरुषको पहिचान भने खुलेको छैन । सडक नजिकै खाली जग्गामा उनको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ ।
३० फागुन, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने […]
३० फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना […]
३० फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा लगाउनुपर्नेमा जोड दिएका छन् । एनआरएनएको १२ औं ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष शर्माले श्रमिकले पठाएको पैसाको ठूलो हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको भन्दै त्यसलाई पुँजी निर्माणमा जोड्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका […]